• September 6, 2012
  • by
कपिलदेव खनाल <br />२१ भदौ, नुवाकोट । परीक्षामा अनुर्तिण भएपछि आत्महत्या गर्ने विद्यार्थीको संख्या बढेकोछ । नुवाकोटमा एसएलसीको पुरक परीक्षा दिएकी बेल्कोट गाउँ विकास समिति वडा नं. १ का १८ वर्षकी गोमा पाण्डेले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । <br />यस्तै श्रीमतीसँग झगडा परेर बेल्कोटकै वडा नम्बर दुईका ४० बर्षका साइला विश्वकर्मालेले पनि विष पिएर आत्महत्या गरेका छन् । श्रीमान् श्रीमतीको सामान्य घर झगडा पछि विकले खेतबारीमा प्रयोग गर्ने बिष सेवन गरेको प्रहरीले जनाएको छ । <br />नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ इनारपाटीकी १८ वर्षकी बिनीकुमारी कुमालले पनि घरमै झुण्डिएर आत्महत्या गरेकी छन् । तीनवटै मृत्युका घटनाबारे अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले बताउनुभएको छ ।
Posted in: News, Society