Admin
December 29, 2012
भारतको दिल्लीमा सार्वजनिक यातायातमा सामुहिक बलात्कार र कुटपीटका कारण गम्भीर घाईते भएकी युवतीको ज्यान गएको छ ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी ती २३ वर्षीया युवतीको शनिवार विहान 4:30 बजेतिर ज्यान गएको हो । उनको दिल्लीको अस्पतालमा तीन पल्ट अपरेशन भए पनि अवस्था नसुध्रिएपछि बिहिबार सिंगापुर लगिएको थियो ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालका प्रमुख कार्यकारी केल्भिन लोहले वक्तव्य निकाली शरीर र दिमागमा गम्भीर चोट लागेकाले अस्पतालमा भर्ना भएदेखि नै युवतीको अवस्था अत्यन्त जटिल रहेको र उनका धेरै अंगले काम गर्न छोडेपछि उनको ज्यान गएको बताउनुभएको छ ।

मान्उन्ट एलिजाबेथ अस्पतालमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । तर मुटुमा समस्या देखिएको, फोक्सो र पेटमा संक्रमण देखिएको र दिमागमा चोट लागेका कारण दुई दिन सम्म युवतीको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकहरुले बताएका थिए ।

डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार र कुटपीट भएको थियो ।







Admin
September 23, 2012
onlinekhabar
murder.png


७ असोज, रुकुम । रुकुमको रुकुमकोट गाविस वडा नम्बर १ रानीकोटमा वेदप्रसाद पुनले बाँदर भनेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्ती पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ । घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए ।
उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो । वेदप्रकाशलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना शनिबार बिहान भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र घटनाको बारेमा जानकारी पाएको प्रहरीले जनाएको छ ।

Admin
September 20, 2012
bollywood.jpg


अनलाइनखबर

शीर्षक पढ्दैमा अचम्ममा पर्नुभयो होला हैन ? नपर्नुपनि किन । बलिउडकी एक शालिन अभिनेत्रीको विषयमा सेक्स सँग जोडिएको यस्तो शीर्षक सुन्दैमा अपाच्य लाग्नसक्छ । तर अपाच्य लागेर के गर्नु आखिर सत्य यहीँ नै हो ।
हालैको एक र्सर्वेक्षणले बलिउड अभिनेत्री कटरिना कैफसँग सबैभन्दा धेरै मानिसले सेक्स गर्ने चाहना राखेको तथ्य खुलासा गरेको छ । कण्डम बेच्ने एक कम्पनीले गरेको र्सर्वेक्षणले यस्तो नतिजा निकालेको हो । बलिउडका अरु अभिनेत्रीलाई पछाडि पार्दै कटरिना धेरै पुरुषहरुको मनमा बस्न सफल भएकी रहिछन् र बढि भन्दा बढि तन्नेरीहरु उनीसँग सम्भोग गरेको कल्पनामा रमाउँदा रहेछन् ।

र्सर्वेक्षण अनुसार कटरिना पछि दोश्रो स्थानमा एक छोरीकी आमा समेत बनिसकेकी ऐश्वर्या राय परेकी छिन् । आमा बनिसकेकी ऐश्वर्यासँग समेत धेरै पुरुषले सम्भोगको सपना देख्नु सायद उनको सुन्दरताको चमत्कार नै हो भन्नर्ुपर्छ ।
ऐश्वर्यालाई पछ्याउँदै बिपासा बसु तेश्रो पोजिसनमा छिन् । अचम्मको कुरा त के भने बलिउडका एक से एक हिरोइनहरुलाई पछार्दै टेनिस सुन्दरी सानिया मिर्जा चौथो स्थानमा रहेकी छिन् । विवाहित मिर्जासँग पनि धेरै तन्नेरीले सेक्सको दिवास्वप्न देख्ने गरेका रहेछन् । र्सर्वेक्षणले दीपिका पादुकोण तन्नेरीहरुको पाँचौ रोजाइमा रहेको देखाएको छ ।
यस्तै छैटौँ नम्बरमा सोनम कपूर, सातौँमा राखी सावन्त तथा आठौँ स्थानमा ओलम्पिकमा कास्य विजेता खेलाडि सायना नेहवाल रहेका छन् ।
कण्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन बिक्रि गर्ने सिलसिलामा उपभोक्ताहरुलाई एउटा प्रश्न सोधेको थियो ‘यदि तपाइँलाई मनले चिताएको मौका मिल्यो भने तपाइँले को सँग सेक्स गर्न चाहनुहुन्छ -’ यो र्सर्वेक्षणमा पुरुषहरुले अधिकतम सहभागिता जनाए । जसबाट धेरै भोट कटरिनाको पक्षमा पर्यो । ऐश्वर्यालाई दोश्रो स्थानमा राख्दै कण्डम उपभोक्ताहरुले यो प्रमाणित गरिदिए की आमा बनिसकेपछि पनि उनको सेक्स अपिलमा कमी आएको छैन ।
तर दुखको कुरा त के भने सानिया मिर्जा तथा सायना नेहवाल तन्नेरीको रोजाइमा पर्दा न त नम्बर एक हिरोइन करीना कपूर सेक्सी ठहरिइन् न त प्रियंका चोपडाले तन्नेरीको मनमा राज गर्न सकिन् ।

Admin
September 20, 2012
अनलाइनखबर
child.jpg

बच्चाले खानेकुरा खान खासै मन गर्दैनन्, फकाइफुलाई खुवाउनर्ुपर्छ । त्यसैले कुनै खानेकुरा मन लगाएर खायो भने अघाउन्जी खान दिइन्छ ।
तर बच्चाले मीठो मान्यो भन्दैमा जे पायो त्यहीँ खानेकुरा खान दिनु घातक हुन्छ । अझ हामीले राम्रो ठानेका वा ठूलो मान्छेलाई निकै फाइदा गर्ने खानेकुराहरु पनि सानो बच्चाका लागि हानिकारक हुनसक्छन् ।
यहाँ हामीले त्यस्ता ५ प्रकारका खानेकुराबारे उल्लेख गरेका छौँ जो शिशुका लागि खासै फाइदाजनक हुँदैनन् भन्दा पत्यार नलाग्न सक्छ । तर साँचो कुरा के हो भने हामीले निकै हितकारी मानेका यी खानेकुरा हरु सानो बच्चाका लागि हानिकारक नै हुन्छन् ।
१. मह : महलाई औषधिको रुपमा पनि बच्चालाई खुवाउने चलन छ । दुधमा टन्न मह मिसाएर बच्चालाई खान दिइन्छ पनि । तर शिशुलाई धेरै मह खुवाउनु हानिकारक हुन्छ । शिशुको पाचन प्रणाली पूरै विकशित नभैसकेको हुने हुनाले मह पचाउन गाह्रो हुन्छ । त्यसैले बढि मह खुवाउँदा बच्चालाई अपच हुने लगायतका समस्या देखापर्न सक्छन् ।
२. गाइको दुध : गाइको दुध पनि शिशुलाई खासै लाभदायी मानिँदैन । गाइको दुधमा अत्यधिक प्रोटिन हुने भएकाले त्यो शिशुको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । एकातर्फशिशुलाई गाइको दुध पचाउन गाह्रो हुन्छ भने अर्कोतर्फयसले बच्चाको मृगौला खराब गर्ने खतरा समेत हुन्छ ।
३. अमिलो फलफूल : कागती, सुन्तला जस्ता अमिलो फलफूल आफैमा स्वस्थ तथा लाभदायी फल हुन् । तर शिशुको लागि भने यस्ता अमिलो फलफूल हानिकारक मानिन्छन् । कागतीको रसले शिशुमा एलर्जी गराउने तथा बच्चाको पेट समेत खराब गराउने खतरा हुन्छ ।
४. बदाम : अत्यधिक प्रोटिन हुने भएकाले बदाम बच्चाका लागि उतिसारो स्वस्थ मानिँदैन । साथै बदामले बच्चामा एलर्जी समेत गराउने सम्भावना हुन्छ ।
५. अण्डाको सेतो भाग : बच्चाको लागि अण्डाको सेतो भाग पचाउन गाह्रो हुन्छ । यसले एलर्जी गराउने सम्भावना पनि बढि हुन्छ । त्यसैले सेतो भाग निकालेर बच्चालाई अण्डाको पहेँलो भाग मात्र खुवाउनु उत्तम हुन्छ ।

Admin
September 20, 2012
ex-king at pokhara .jpg

पोखराको फिस्टेल लजमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह। तस्बिर : मनोज अधिकारी


समुन्द्र पौडेल/मनोज अधिकारी, तनहुँ/पोखरा, असोज ४- पूर्वराजा ज्ञानेन्द्र शाह साता लामो धार्मिक भ्रमणका लागि पोखरा आइपुगेका छन्। पृथ्वीराजमार्ग हुँदै निजी मोटरमा आएका उनी बैदामस्थित फेवाताल पारीको फिस्टेल लजमा बसेका छन्। उनी आउँदा सयौं पोखरेलीले झरीको वास्ता नगरी सडकमा लामबद्व भएर स्वागत गरेका थिए। त्यस क्रममा उनीहरुले पूर्वराजाको पक्षमा नाराबाजीसमेत गरे। दिनभरको टन्टलापूर घाम ज्ञानेन्द्र आइपुग्ने बेला मुसलधारे वर्षामा परिणत भइसकेको थियो।
शाहले आफ्नो प्रतिक्षामा घन्टौंदेखि मुस्ताङ चोकमा कुरेर बसेका नगरबासीलाई गाडीबाट ओर्लेर पैदल यात्रामै साथ दिए। उनले करिब एक किलोमिटर दूरीको फिस्टेल लजसम्म झण्डै एक घण्टा हिँडेरै यात्रा तय गरे। ज्ञानेन्द्र फेवातालमा फेरि चढेर उनी फिस्टेल लज पुगेपछि उनका समर्थकहरु फर्किएका थिए।
पूर्वराजालाई लेखनाथको राधाकृष्ण मन्दिरमा भेला भएका सयौं पोखरेली युवाहरुले मोटरसाइकलबाट स्कर्टिङ गर्दै पोखरासम्म लाइएका थिए। स्वागत समिति अन्तर्गतको प्रचार उपसमितिका संयोजक अर्जुन बस्नेतले पूर्वराजालाई पाँच सयभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरेका थिए। नगरबासीले पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरेका थिए।
सत्तारुढ एनेकपा माओवादी कास्कीले धार्मिक भ्रमणका नाममा राजनीति गर्न खोजेको भन्दै शाहको भ्रमण बिथोल्ने चेतावनी दिए पनि कतै अवरोध पुर्‍याएन। पूर्वराजा शाहले शुक्रबारबाट एक सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँका विभिन्न मठमन्दिर पुगेर देवीदेवताको दर्शन गर्ने कार्यक्रम छ।

ex-king at pokhara 2.jpg

पूर्वराजाको र उनको टोलीका लागि फेवाताल पारीको फिस्टेल लजका अति विशिष्ट ७ कोठा ५ दिनका लागि बुकिङ भएका छन्। जयन्ती ट्रष्टअन्तर्गत सञ्चालित उक्त होटललाई त्यसका लागि ५ लाख रुपैयाँ अग्रिम भुक्तानी भइसकेको होटल स्रोतले जानकारी दिएको छ। उक्त होटलमा एक कोठाको प्रतिरात १८० देखि २ सय डलर मूल्य पर्छ।
'५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ७ कोठा ५ दिनका लागि बुकिङ भएको छ' होटलका एक अधिकारीले भने।

पूर्वराजालाई राजमार्गमा स्वागतको ओइरो

ex-king at damauli.jpg

गण्डकी र धवलागिरी अञ्चलका विभिन्न धार्मिक स्थलको एक साता लामो भ्रमणका लागि बिहीबार काठमाडौंबाट गाडीमा पोखरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पृथ्वी राजमार्गका मुख्य-मुख्य स्थानमा समर्थकले स्वागत गरे। शाहले धादिङको मलेखुस्थित भद्रकाली मन्दिरमा पूजाआजासमेत गरे। उनको स्वागतका लागि बिहीबार बिहानैदेखि भद्रकाली मन्दिर आसपासमा बसेका समर्थकले उनलाई फूलमालाले स्वागत गरे। 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ' भन्दै उनीहरुले राजाको जयजयकार गर्दै नारावाजीसमेत गरे।
चितवनको कुरिनटारस्थित रिभर साइड रिर्सोटमा खाना खाएर पोखरातर्फ लागेका पूर्व राजा ज्ञानेन्द्रको टोलीलाई चितवनको मुग्लिन, तनहुँको आबुँखैरेनी, दमौली बजारमा समर्थकले जयजयकार गर्दै फूलमालाले स्वागत गरे। उनको सुरक्षार्थ सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

करिब आधा दर्जन चिल्ला गाडीसहित सयभन्दा बढी मोटरसाइकलको स्कटिङमा आएका पूर्व राजा धादिङको मलेखु र तनहुँको दमौलीमा गाडीबाटै झरेर समर्थकबाट फूलमाला ग्रहण गरेका थिए। राजावादीको जयजयकारसँगै केहीबेर दमौली बजारमा पैदल हिँडेका शाहले ८ गते दमौली आउने भन्दै गाडी चढेर गएका थिए। उनको स्वागतका लागि वृद्धदेखि च्चा बोकेका महिलासमेत स्वागतका लागि फूलमाला लिएर सहभागी भएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा जाने क्रममा दमौली बजारमा नागरिककर्मी समुन्द्र पौडेलले खिचेका तस्बिर :
ex-king at damauli 2.jpg ex-king at damauli 3.jpg ex-king at damauli 4.jpg

सुमनबाबु भण्डारीको फेसबुकबाट लिइएएको भिडियो हेर्नुस् :

Admin
September 20, 2012
shukrabar covoer 74.jpg


बस्नेत कमल- सेक्स! कुनै समय थियो, जति बेला सेक्सबारे समाज पटक्कै खुल्दैन थियो। कोही लजाउँथे, कोही डराउँथे। कसैलाई परम्परा र संस्कृतिले बोल्न छुट दिँदैनथ्यो। तर, अहिले समय फेरिएको छ। परिवर्तित समयसँगै सेक्सका मामिलामा समाज खुल्न थालेको छ। परम्परा फेरिँदै छन्। सेक्सका विषयमा समाज पनि उदार बन्दै गएको छ।
सुवास सापकोटा (नाम परिवर्तन) लाई नै लिऊँ न। उनकै शब्दमा सेक्सका माहिर खेलाडी हुन् उनी। 'हन्टर', उनको समूहमा यस्ता खेलाडीलाई सम्बोधन गरिने शब्द हो। सेक्सका विभिन्न आसनको अनुभव बटुलिसकेका उनका लागि ग्रुप, ओरल सेक्स सामान्य बन्दै गएका छन्। राजधानीको एक प्रतिष्ठित कलेजमा प्लस टूमा अध्ययनरत उनी काठमाडौँमा होस्टेलमा बस्छन्।
गत साता नयाँ बानेश्वरस्थित बिटुबी ह्याप्पी लाइफ सेन्टरमा भेटिएका उनी त्यहाँ यौन शक्तिबर्धक औषधि खरिद गर्दै थिए। 'मानिसको जीवनमा सेक्स गाँस-बास-कपासजस्तै अत्यावश्यक छ।'
स्वास्थ्य मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको देशव्यापी सर्वेक्षण अनुसार औसतमा साढे १७ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्पर्क गर्छन्। केही समयअघि परिवार नियोजन संघले गरेको एक सर्वेक्षणमा डोटी जिल्लामा १२ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्बन्ध कायम गरेको देखिएको थियो। सरकारले गत वर्ष सर्वजनिक गरेको तथ्यांकअनुसार ९५ हजार जनाले सुरक्षित गर्भपतन गराएका थिए। एक तथ्यांकले नेपालका किशोर किशारीमध्ये ६४ प्रतिशतले १७ वर्ष पुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको देखाएको छ। यति ठूलो संख्यामा यौन क्रियाकपालमा संलग्न जनसंख्यामा गरिएको सर्वेक्षणमा तीमध्ये १५ प्रतिशतले मात्रै आफ्नो पहिलो यौन सम्पर्कमा कन्डमको प्रयोग गरेको बताएका थिए।

मुटु साट्नेहरूको भीड
मदन चौधरी- तराईको मुख्य प्रवेशद्वार मानिने वीरगञ्जको तापक्रम यतिबेला ३५ डिग्री छ। गर्मी छल्ने बहानामा यहाँका युवतीहरू आफ्ना अर्धनग्न शरीर देखाउन उद्यत देखिन्छन्। वीरगञ्जका प्रत्येक चोक गल्लीमा हुलका हुल युवतीहरूका अर्धनग्न शरीर देख्न पाइन्छ। 'खत्तमै भयो नि सर,' स्कर्ट लाएर हिँड्दै गरेका एक हुल युवतीतिर इसारा गर्दै रिक्सा चालकले भने, 'बा-आमाले नि किन यस्तो छोटा कपडा लगाउन देका होलान्?''पहिले पहिले त यस्तो विरलै देखिन पाइन्थ्यो। सय जनामा मुस्किलले एक जनाले यस्तो पहिरन लगाउँदा सबै ट्वाल्ल परेर केहीबेर घोत्लिन्थे,' २० वर्षदेखि रिक्सा चलाएर गुजारा गर्दै आएका ४० वर्षीय श्रवन मियाले अनुभव सुनाए। छाडापन यति धेरै बढेको छ कि आफ्नो रिक्सामा बस्ने भर्खरका 'टिन' जोडीले बेलुकाको मौका छोपी रिक्सामै चुम्बन गर्दा चाल पाएर पनि नपाएको अभिनय गर्नुपर्ने उनले खुलाए। बिहारबाट २० वर्षअघि वीरगञ्ज आएर रिक्सा चलाउँदै आएका उनले पछिल्लो समयमा पश्चिमा फेसनको नाममा युवा पुस्तामा विकृति बढ्दै गएको बताए। यस्ता युवापुस्तालाई बेलैमा तह नलगाए भयानक विकृति फैलिने उनको कथन छ।रिक्सा चालकको भनाइलाई ध्यानमा राखेर त्यहाँका फेसनेबल युवायुवतीसँग केही प्रतिक्रिया लिने विचार गरेँ। माइस्थानमा 'वन पिस'मा भेटिएकी रमिताले बढ्दो फेसनले यहाँका युवतीहरू कुर्ता-सरवालबाट स्कर्ट र वनपिसतिर आकर्षित बन्दै गएको बताइन्। 'गर्मी त बहानामात्र हो,' २० वर्षीया रमिताले भनिन्, 'पछिल्लो समयमा वीरगञ्जलाई पनि पश्चिमा फेसनले डोर्‍याउँदै लगेको छ।' उनी भन्छिन्, 'कुर्ता-सरवालसँग दुपट्टा भिर्ने दिन गइसके। यहाँका युवती पनि नयाँनयाँ फेसनको पर्खाइमा हुन्छन्।' छोराछोरीको फेसनप्रति बाबुआमा पनि केही पछि हटेको देखिन्छ। आदर्शनगरमा भेटिएकी पूजना लामाले बदलिँदो आधुनिकतासँगै हामी पनि बदलिनुपर्ने धारणा राखिन्। 'ट्रेडिसनल छु भन्दैमा स्कर्ट लाउन नहुने र आधुनिक छु भन्दैमा गुन्यु चोलो लाउन नहुने भन्ने छैन,' उनले भनिन्, 'बदलिँदो परिस्थितिसँगै हाम्रा धारणा बदल्नु जरुरी छ।' उनले समय र अवस्था हेरेर यी पहिरन लाउँदा कसैको केही नबिग्रने बताइन्।
फेसनले वीरगञ्जका युवतीलाई मात्र हैन, यहाँका युवालाई पनि उत्तिकै छोएको छ। 'ट्याटु खोप्नु, मुन्द्रा लाउनु त यहाँ सामान्य भइसक्यो,' स्नातक पढ्दै गरेका विशाल पोखरेलले भने, 'फेसनलाई फलो गर्नु, मोजमस्ती गर्नु, गर्लफ्रन्ड बनाएर डेट जानु यहाँ सामान्य भइसकेका छन्।' उनले ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने सजिलो माध्यम फेसबुक भएको बताए। विश्वप्रसिद्ध समाजिक सञ्जाल फेसबुक अहिलेका युवा पुस्तामाझ मनोरञ्जन गर्ने प्रमुख थलो बनेको छ। उनीहरू यही सञ्जालमा आएर साथी बनाउने, च्याट गर्ने र त्यही क्रमलाई ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको रूप दिने गर्छन्। मेनरोडको एक साइबरमा फेसबुक च्याटमा व्यस्त थिए राजीव थापा। उनी नयाँ-नयाँ साथी बनाउने र मोबाइल नम्बर दिन अभिरुचि राख्थे। यी १८ वर्षे युवालाई नम्बर तपार्इँले कि तपाईँको केटी साथीले माग्छन् भनेर सोध्दा उनले आफैंले मागे पनि उनीहरू सजिलै दिने गरेको बताए। उनले त्यसपछि मोबाइलमा कुरा गर्ने र भेटघाटको नाममा डेट गर्ने गरेको बताए। उनले आफ्ना साथीहरूले पनि यसरी नै फेसबुकमार्फत गर्लफ्रेन्ड बनाएको खुलाए। केटी मन परे त्यही बेला प्रपोज गर्ने र मन नपरे फेसबुकबाट डिलिट हान्ने चलन रहेको पनि राजीवले बताए।

साइबर सञ्चालक रमेश चौधरीले युवा पुस्तामा बढ्दै गएको विकृति खुलारूपमा हेर्न घडिहड्वा पोखरी जान सुझाव दिए। उनका अनुसार वीरगञ्जमा कहलिएको 'डेटिङ स्पट' हो, घडिहड्वा पोखरी। प्रत्येक युवा जोडीको पहिलो भेट हुने यो थलोमा वर्षैपिच्छे छठ पर्वसमेत मनाइन्छ।

त्यहाँबाट म घडीअर्वा पोखरीतिर रवाना भएँ। प्रवेश शुल्क तिरेर पोखरीभित्र प्रवेश गरेँ। काठमाडौँको रानीपोखरीजस्तै देखिने घडीअर्वा पोखरी अति नै सुन्दर रहेछ। रानीपोखरीको जस्तै पोखरीको बीचमा मन्दिर छ। यो पोखरी कसैको स्मृतिको लागि नभई पर्यटकका लागि निर्माण गरिएको घडीअर्वा पोखरी समितिका इन्चार्ज लखनलाल गुप्ताले बताए। उनले पोखरीमा भारतको बिहार तथा वीरगञ्जमै निर्माण हुने भोजपुरी फिल्मको प्रशस्तै सुटिङ हुने गरेको समेत बताए।

पोखरी घुम्ने क्रममा त्यहाँ प्रशस्तै युगल जोडी भेटिए। उनीहरूको हाउभाउ हेर्दा पोखरीको नाम घडीअर्वा नभई 'इश्क पोखरी' हुनुपर्ने जस्तो लाग्छ। पारिवारिक घुमघाम गर्न आएका कर्ण कुमारले पहिले यहाँ यस्ता युवा जोडी नदेखेको बताए। कुममा कुम मिलाएर बसेका एक जोडीसँग प्रतिक्रिया लिन खोजियो। उनीहरूले असहज मान्दै केही बोलेनन्। प्रत्येक १० मिटरको दूरीमा एक जोडी बसेको थियो। समितिका इन्चार्ज गुप्ताका अनुसार पोखरी प्रत्येक बिहान ४ बजेदेखि बेलुकाको ८ बजेसम्म खुल्ला हुन्छ। दैनिक सयौँ जोडीहरू आउने यस पोखरीमा कुनै जोडी बिहानदेखि बेलुकासम्मै बस्ने गरेको उनले बताए। 'बेलुका हुनुपर्छ, यहाँ कस्ता कस्ता दृष्य हेर्न पाइन्छन्,' गुप्ताले भने, 'हामीलाई लाज लाग्छ, तर उनीहरू लजाउँदैनन्।' नलेखेटेसम्म कतिपय जोडी जानै नमान्ने उनले बताए। बेलुका सिटी बजाउँदै सबै जोडीलाई बाहिर निक्लन आदेश दिने गरेको उनले बताए।

Admin
September 6, 2012

TribhuvanAirport_1433049c.jpg

सुरेन्द्र पौडेल, काठमाडौं, भदौ २१- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा सक्कली कागजात (भिसा सहितको राहदानी) देखाउँदा अध्यायगमनका कर्मचारीले अनेक प्रश्न गर्छन्। तपाईको सक्कली कागजात माथि शंका गरिन्छ, अनि कागजातको जाँच हुन्छ। अझ रोजगारीका लागि खाडी राष्ट्र जाँदै हुनुहुन्छ भने त उनीहरुको व्यवहारले तपाईलाई लाग्नसक्छ 'कतै अपराध गरेर भाग्न लागि रहेको त छैन'।
तर, तपाई तस्करहरुको सहयोगमा अवैधानिक तरिकाले (बिना भिसा) वा नक्कली कागजातको सहारामा बिदेश जाँदै हुनुहुन्छ भने ढुक्क हुनोस् तपाई सहजै विमान भित्र पुग्नु हुनेछ। तपाईसँग अध्यायगमनका कर्मचारीले कुनै पट्यारलाग्दो प्रश्न गर्ने छैनन्। तपाईको नक्कली कागजात जाँच हुने छैन। तपाइमाथि शंकाको दृष्टिले हेरिने पनि छैन। बरु तपाईले देश छोडेको सूचना टिआईस्थित अध्यायगमनमा रहेका कम्प्युटरमा दाखिला नगरी अवैधानकि तरिकाले जान थप सघाउने छन्।

सुन्दा आश्चर्य लाग्छ, एकै दिन एउटै उडानमा २७/२७ जना मानिस अवैधानकि तरिकाले तस्करहरुको 'सेटिङ' मा टिआईबाट बिदेश उडेका छन्। टिआईएबाट बिदेश जाने र फर्कनेको जाँच तथा रेकर्ड राख्ने जिम्मेवारी पाई खटिएको अध्यायगमनसँग यसरी जानेको कुनै तथ्याङक छैन। अध्यायगमनका कर्मचारीले सेटिङमा जाने सबैको राहदानीमा डिपार्चर छाप लगाइदिन्छन् तर तीनको सुचना कम्प्युटरमा राख्दैन। सेटिङ्मा जानेलाई बिमानस्थल भित्र न 'गमन पत्र' भर्न नै लगाईन्छ न चेक जाँच नै गरिन्छ।
गत जेठ ३१ गते तस्करहरुको सेटिङ्मा एउटै फ्लाईटमा २७ जना कतारको दोहा पुगेका थिए। यसरी अवैधानिक रुपमा जानेहरु अधिकांस दोहाबाट अमेरिका जाने सपना सजाई ब्राजिल तर्फ मोडिए, केही युरोपतिर त कोही कतारमा नै बसे।
ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिकोहुदै अमेरिका जान हिडी ब्राजिलमा अलपत्र पर्नेमध्ये सात जना काठमाडौं फर्केपछि टिआईएमा हुने गरेको सेटिङ बाहिर आएको हो। अमेरिका छिर्ने आशमा तस्करलाई २२ लाखसम्म बुझाएका उनीहरुले टिआईए छोडेको तथ्याङ्क अध्यायगमनसँग छैन।
'हाम्रो तथ्याङ्कमा गत जेठ ३१ गते १ सय २८ जना काठमाडौंबाट दोहा उडेका छन्,' जेठ ३१ गते टिआईबाट दोहा उडेको तथ्याङ देखाउँदै कतार एयरवेज स्रोतले नागरिकसँग भन्यो, 'तर, हाम्रो विमानमा दोहा उडेका २७ जनाको सूचना अध्यायगमनले राखेको तथ्याङ्कमा भेटिदैन।' ब्राजिल पुगी अलपत्र परी भदौ १० गते काठमाडौं फर्केका सात जनाको तथ्याङ अध्यायगमनसँग छैन, जो जेठ ३१ गते नै दोहाहुँदै ब्राजिल पुगेका थिए।
जेठ ३१ गते राती ११ः३५ बजे कतार एयरवेजकको 'क्युआर ३५५' विमान कूल १ सय २८ जना यात्रु बोकी दोहा तर्फ उडेको थियो। कूल यात्रु मध्ये ७८ जना नेपाली र ५० जना बिदेशी यात्रु विमान रहेका थिए। कतार एयरवेजमा दोहा पुगेका ७८ जना नेपालीमध्ये २७ जना सेटिङमा गएका थिए, जसको राहदानीमा अध्यायगमनका कर्मचारीले डिपार्चर छाप लगाई त्यसको तथ्याङ्क राखेका थिएनन्।
सेटिङमा जेठ ३१ गते राती अमेरिका जान हिडेका तर ब्राजिलमै अलपत्र परी काठमाडौं फर्केका मध्ये पाँच जनाको जहाजको टिकट नम्बर क्रमसः १५७५०६८५९८०७५, १५७५०६८५९८०७६, १५७५०६८५९८०७७, १५७५०६८५९८०७८ र १५७५०६८५९८०८१ रहेको छ। उनीहरु पाँच जनामध्ये एक जनाको राहदानी लगाइएको डिपार्चर स्टिकरको सिरियल नम्बर ५९६९९६० रहेको छ।
फर्कनेहरुको अनुसार अध्यायगमनका दुई वटा काउन्टरबाट चेकजाँच पास भई विमानसम्म पुगेका थिए। ब्राजिलहुँदै अमेरिका जान लागेका बताएपछि अध्यायगमनका कर्मचारीले टेबुल मुनिबाट एउटा कागज झिकी त्यहाँ रहेको नाम र राहदानी उल्लेख नाम जुधाइ हेरेका थिए। नाम मिलेपछि अध्यायगमनका कर्मचारीले उनीलाई भित्र छिराएको ब्राजिल पुगेर फर्कनेले बताए।
अध्यायगमन बिभाग स्रोतका अनुसार जेठ ३१ गते सेटिङमा २७ जना टिआईएबाट दोहा जाँदा अध्यायगमनमा ११ जना वरिष्ठ अध्यायगमन सहायक त्यहाँ कार्यरत थिए। त्यतीबेला वरिष्ठ अध्यायगमन सहायकहरु कृष्णप्रसाद दाहाल, राजेन्द्र शर्मा, धर्मराज काफ्ले, गणेशप्रसाद घिमिरे, लक्ष्मण दूलाल, सूर्यकुमार पोखरेल, नवराज कोइराल, अनिल कुमार शाही, ओमप्रसाद सुवेदी, महेश पोखरेल र रामकुमार ओझाको ड्युटी रहेको स्रोतले बतायो।
सेटिङमा ब्राजिल पुगी फकर्नहरुको अनुसार उनीहरुलाई टिआईमा सघाउने दुई वटा काउन्टरमा रहेका अध्यायगमनका दुई जना कर्मचारी थिए।
विमानस्थल भित्र हुने यस्तै अवैध गतिविधि माथि निगरानी राख्न केही सिसी क्यामरा राखिएका थिए। सिसी क्यामरा सुचना दाखिला गर्ने कम्प्युटर तर्फबाट अन्यत्र मोडिए। पछि त सिसी क्यामरा जर्बजस्ती बिगारियो। बिग्रेका भनिएका सिसी क्यामरा दुई साता अघि बैदेशिक रोजगारका सम्बन्धमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दुई दिन भित्र सञ्चानलमा ल्याई निगारानी राख्न निर्देशन दिएपछि अहिले सञ्चालनमा आएका छन्।
सेटिङमा ब्राजिल जानेको दोहामा ६ घण्टा ट्रान्जिट रहेको थियो। त्यसपछि उनीहरु सेटिङमै दोहाबाट 'कतार एयरवेज - ९२१' विमानमा १४ घण्टा लामो यात्रा गरी जेठ ३२ गते ब्राजिलको साओपाओलो पुगेका थिए। काठमाडौंबाट उड्दा उनीहरुसँग खाली राहदानी र साओपाओलोसम्मको मात्र हवाई टिकट हातमा थियो।
साओपाओलो विमानस्थलमा २२ घण्टा ट्रान्जिटमा बिताएपछि असार १ गते ब्राजिलियन एजेन्टले उनीहरुलाई बोलिभियाको सान्तात्रु्कज र सान्तात्रु्कजबाट लापाजसम्मको हवाई टिकट थमाएका थिए। साओपाओलोबाट दुई घण्टामा सान्तात्रु्कज पुगी उनीहरुले बोलिभियाको भिसा लगाए लगत्तै डेढ घण्टाको हवाइ यात्रापछि उनीहरु लापाज पुगेका थिए। लापाजमा ब्राजिलको भिसा लगाएपछि उनीहरु ५१ घण्टा बस यात्र गरी साउन ७ गते पुनः साओपाओले पुगेका थिए।
साओपाओलोमा अलपत्र छोडी दलाल भागेपछि काठमाडौंमा रहेका आफन्तलाई फोन गरी हवाइ टिकटको व्वस्था मिलाई उनीहरु भदौ १० गते काठमाडौं आइपुगेका हुन्। उनीहरु काठमाडौं आइपुगेपछि अध्यायगमनका कर्मचारी नै सेटिङमा सक्रिय रहेको खुलेको हो। यसरी सेटिङमा अमेरिका जान भनि हिडेका हजारभन्दा बढि नेपालीहरु अहिले ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, बोलिभिया, चिली, कोस्टारिका लगायतका देशमा अलपत्र छन्।

source:nagarik

Admin
September 6, 2012
कपिलदेव खनाल
२१ भदौ, नुवाकोट । परीक्षामा अनुर्तिण भएपछि आत्महत्या गर्ने विद्यार्थीको संख्या बढेकोछ । नुवाकोटमा एसएलसीको पुरक परीक्षा दिएकी बेल्कोट गाउँ विकास समिति वडा नं. १ का १८ वर्षकी गोमा पाण्डेले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
यस्तै श्रीमतीसँग झगडा परेर बेल्कोटकै वडा नम्बर दुईका ४० बर्षका साइला विश्वकर्मालेले पनि विष पिएर आत्महत्या गरेका छन् । श्रीमान् श्रीमतीको सामान्य घर झगडा पछि विकले खेतबारीमा प्रयोग गर्ने बिष सेवन गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ इनारपाटीकी १८ वर्षकी बिनीकुमारी कुमालले पनि घरमै झुण्डिएर आत्महत्या गरेकी छन् । तीनवटै मृत्युका घटनाबारे अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले बताउनुभएको छ ।

Admin
September 6, 2012
child.jpg


बढ्दो गर्मीमा जस्ताको छानोको तापले आकुलव्याकुल भई कक्षाकोठामा निदाइरहेका इटहरीका साना विद्यार्थीहरु ।

Admin
September 6, 2012
२० प्रतिशत कैद र जरिवाना छुट-
काठमाडौँ, भदौ २१- सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सहसचिव आनन्दप्रसाद खनाल आज आफैं काठमाडौँ जिल्ला अदालतमा जरिवाना र बिगोबमोजिमको रकम बुझाई कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदर खोर गएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई भ्रष्टाचारी ठहर गर्दै १५ महिना कैद तथा बिगो र बिगो बराबर जरिवानाबापत रू दुई करोड ४३ लाख चार हजार असुल गर्नुपर्ने फैसला यही भदौ १२ गते सुनाएको थियो।
फैसलामा उक्त इजलासले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्तिबाट बढेबढाएको सम्पत्ति र ऋण सापटी दिएको रकमसमेत अन्य स्रोत खुलेको सम्पत्तिबाट जफत हुने ठहर गरेको थियो।
फैसला भएको नौ दिनपछि खनाल आज स्वयम् अदालतमा उपस्थित भई जरिवानाबापत नगद र बैङ्क ब्यालेन्ससमेत गरी रू ९७ लाख ३ हजार ६०० बुझाएको तहलसिलदार पुनाराम खनालले जानकारी दिए।
फैसला भएको ६० दिनभित्र आफैं अदालत उपस्थित भई आत्मसमर्पण गरे बिगोबाहेक २० प्रतिशत कैद तथा जरिवाना मिनाहा हुने कानुनी प्रावधानबमोजिम खनालले सो रकम बुझाएको हो।
फैसला हुनुभन्दा अघि पनि अनुसन्धानका लागि हिरासतमा बसेका पूर्व सहसचिव खनालले अब १० महिनामात्र कैद जीवन बिताउनुपर्ने पनि तहसिलदार खनालले जानकारी दिनुभयो।
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव खनाल, उनकी श्रीमती पद्मा र तीन छोरासमेतविरुद्ध रू तीन करोड ९७ लाख ४० हजार बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सो मुद्दामा विशेष अदालतले रू एक करोड २० लाख २३ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको दर्शाई बिगोबमोजिम जरिवाना र एक वर्ष कैदको निर्णय सुनाएको थियो।
यो फैसलाविरुद्ध दुबैतर्फबाट सर्वोच्चमा पुनरावेदन गरिएको थियो। रासस