Admin
December 29, 2012
भारतको दिल्लीमा सार्वजनिक यातायातमा सामुहिक बलात्कार र कुटपीटका कारण गम्भीर घाईते भएकी युवतीको ज्यान गएको छ ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी ती २३ वर्षीया युवतीको शनिवार विहान 4:30 बजेतिर ज्यान गएको हो । उनको दिल्लीको अस्पतालमा तीन पल्ट अपरेशन भए पनि अवस्था नसुध्रिएपछि बिहिबार सिंगापुर लगिएको थियो ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालका प्रमुख कार्यकारी केल्भिन लोहले वक्तव्य निकाली शरीर र दिमागमा गम्भीर चोट लागेकाले अस्पतालमा भर्ना भएदेखि नै युवतीको अवस्था अत्यन्त जटिल रहेको र उनका धेरै अंगले काम गर्न छोडेपछि उनको ज्यान गएको बताउनुभएको छ ।

मान्उन्ट एलिजाबेथ अस्पतालमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । तर मुटुमा समस्या देखिएको, फोक्सो र पेटमा संक्रमण देखिएको र दिमागमा चोट लागेका कारण दुई दिन सम्म युवतीको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकहरुले बताएका थिए ।

डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार र कुटपीट भएको थियो ।







Admin
September 20, 2012
shukrabar covoer 74.jpg


बस्नेत कमल- सेक्स! कुनै समय थियो, जति बेला सेक्सबारे समाज पटक्कै खुल्दैन थियो। कोही लजाउँथे, कोही डराउँथे। कसैलाई परम्परा र संस्कृतिले बोल्न छुट दिँदैनथ्यो। तर, अहिले समय फेरिएको छ। परिवर्तित समयसँगै सेक्सका मामिलामा समाज खुल्न थालेको छ। परम्परा फेरिँदै छन्। सेक्सका विषयमा समाज पनि उदार बन्दै गएको छ।
सुवास सापकोटा (नाम परिवर्तन) लाई नै लिऊँ न। उनकै शब्दमा सेक्सका माहिर खेलाडी हुन् उनी। 'हन्टर', उनको समूहमा यस्ता खेलाडीलाई सम्बोधन गरिने शब्द हो। सेक्सका विभिन्न आसनको अनुभव बटुलिसकेका उनका लागि ग्रुप, ओरल सेक्स सामान्य बन्दै गएका छन्। राजधानीको एक प्रतिष्ठित कलेजमा प्लस टूमा अध्ययनरत उनी काठमाडौँमा होस्टेलमा बस्छन्।
गत साता नयाँ बानेश्वरस्थित बिटुबी ह्याप्पी लाइफ सेन्टरमा भेटिएका उनी त्यहाँ यौन शक्तिबर्धक औषधि खरिद गर्दै थिए। 'मानिसको जीवनमा सेक्स गाँस-बास-कपासजस्तै अत्यावश्यक छ।'
स्वास्थ्य मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको देशव्यापी सर्वेक्षण अनुसार औसतमा साढे १७ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्पर्क गर्छन्। केही समयअघि परिवार नियोजन संघले गरेको एक सर्वेक्षणमा डोटी जिल्लामा १२ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्बन्ध कायम गरेको देखिएको थियो। सरकारले गत वर्ष सर्वजनिक गरेको तथ्यांकअनुसार ९५ हजार जनाले सुरक्षित गर्भपतन गराएका थिए। एक तथ्यांकले नेपालका किशोर किशारीमध्ये ६४ प्रतिशतले १७ वर्ष पुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको देखाएको छ। यति ठूलो संख्यामा यौन क्रियाकपालमा संलग्न जनसंख्यामा गरिएको सर्वेक्षणमा तीमध्ये १५ प्रतिशतले मात्रै आफ्नो पहिलो यौन सम्पर्कमा कन्डमको प्रयोग गरेको बताएका थिए।

मुटु साट्नेहरूको भीड
मदन चौधरी- तराईको मुख्य प्रवेशद्वार मानिने वीरगञ्जको तापक्रम यतिबेला ३५ डिग्री छ। गर्मी छल्ने बहानामा यहाँका युवतीहरू आफ्ना अर्धनग्न शरीर देखाउन उद्यत देखिन्छन्। वीरगञ्जका प्रत्येक चोक गल्लीमा हुलका हुल युवतीहरूका अर्धनग्न शरीर देख्न पाइन्छ। 'खत्तमै भयो नि सर,' स्कर्ट लाएर हिँड्दै गरेका एक हुल युवतीतिर इसारा गर्दै रिक्सा चालकले भने, 'बा-आमाले नि किन यस्तो छोटा कपडा लगाउन देका होलान्?''पहिले पहिले त यस्तो विरलै देखिन पाइन्थ्यो। सय जनामा मुस्किलले एक जनाले यस्तो पहिरन लगाउँदा सबै ट्वाल्ल परेर केहीबेर घोत्लिन्थे,' २० वर्षदेखि रिक्सा चलाएर गुजारा गर्दै आएका ४० वर्षीय श्रवन मियाले अनुभव सुनाए। छाडापन यति धेरै बढेको छ कि आफ्नो रिक्सामा बस्ने भर्खरका 'टिन' जोडीले बेलुकाको मौका छोपी रिक्सामै चुम्बन गर्दा चाल पाएर पनि नपाएको अभिनय गर्नुपर्ने उनले खुलाए। बिहारबाट २० वर्षअघि वीरगञ्ज आएर रिक्सा चलाउँदै आएका उनले पछिल्लो समयमा पश्चिमा फेसनको नाममा युवा पुस्तामा विकृति बढ्दै गएको बताए। यस्ता युवापुस्तालाई बेलैमा तह नलगाए भयानक विकृति फैलिने उनको कथन छ।रिक्सा चालकको भनाइलाई ध्यानमा राखेर त्यहाँका फेसनेबल युवायुवतीसँग केही प्रतिक्रिया लिने विचार गरेँ। माइस्थानमा 'वन पिस'मा भेटिएकी रमिताले बढ्दो फेसनले यहाँका युवतीहरू कुर्ता-सरवालबाट स्कर्ट र वनपिसतिर आकर्षित बन्दै गएको बताइन्। 'गर्मी त बहानामात्र हो,' २० वर्षीया रमिताले भनिन्, 'पछिल्लो समयमा वीरगञ्जलाई पनि पश्चिमा फेसनले डोर्‍याउँदै लगेको छ।' उनी भन्छिन्, 'कुर्ता-सरवालसँग दुपट्टा भिर्ने दिन गइसके। यहाँका युवती पनि नयाँनयाँ फेसनको पर्खाइमा हुन्छन्।' छोराछोरीको फेसनप्रति बाबुआमा पनि केही पछि हटेको देखिन्छ। आदर्शनगरमा भेटिएकी पूजना लामाले बदलिँदो आधुनिकतासँगै हामी पनि बदलिनुपर्ने धारणा राखिन्। 'ट्रेडिसनल छु भन्दैमा स्कर्ट लाउन नहुने र आधुनिक छु भन्दैमा गुन्यु चोलो लाउन नहुने भन्ने छैन,' उनले भनिन्, 'बदलिँदो परिस्थितिसँगै हाम्रा धारणा बदल्नु जरुरी छ।' उनले समय र अवस्था हेरेर यी पहिरन लाउँदा कसैको केही नबिग्रने बताइन्।
फेसनले वीरगञ्जका युवतीलाई मात्र हैन, यहाँका युवालाई पनि उत्तिकै छोएको छ। 'ट्याटु खोप्नु, मुन्द्रा लाउनु त यहाँ सामान्य भइसक्यो,' स्नातक पढ्दै गरेका विशाल पोखरेलले भने, 'फेसनलाई फलो गर्नु, मोजमस्ती गर्नु, गर्लफ्रन्ड बनाएर डेट जानु यहाँ सामान्य भइसकेका छन्।' उनले ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने सजिलो माध्यम फेसबुक भएको बताए। विश्वप्रसिद्ध समाजिक सञ्जाल फेसबुक अहिलेका युवा पुस्तामाझ मनोरञ्जन गर्ने प्रमुख थलो बनेको छ। उनीहरू यही सञ्जालमा आएर साथी बनाउने, च्याट गर्ने र त्यही क्रमलाई ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको रूप दिने गर्छन्। मेनरोडको एक साइबरमा फेसबुक च्याटमा व्यस्त थिए राजीव थापा। उनी नयाँ-नयाँ साथी बनाउने र मोबाइल नम्बर दिन अभिरुचि राख्थे। यी १८ वर्षे युवालाई नम्बर तपार्इँले कि तपाईँको केटी साथीले माग्छन् भनेर सोध्दा उनले आफैंले मागे पनि उनीहरू सजिलै दिने गरेको बताए। उनले त्यसपछि मोबाइलमा कुरा गर्ने र भेटघाटको नाममा डेट गर्ने गरेको बताए। उनले आफ्ना साथीहरूले पनि यसरी नै फेसबुकमार्फत गर्लफ्रेन्ड बनाएको खुलाए। केटी मन परे त्यही बेला प्रपोज गर्ने र मन नपरे फेसबुकबाट डिलिट हान्ने चलन रहेको पनि राजीवले बताए।

साइबर सञ्चालक रमेश चौधरीले युवा पुस्तामा बढ्दै गएको विकृति खुलारूपमा हेर्न घडिहड्वा पोखरी जान सुझाव दिए। उनका अनुसार वीरगञ्जमा कहलिएको 'डेटिङ स्पट' हो, घडिहड्वा पोखरी। प्रत्येक युवा जोडीको पहिलो भेट हुने यो थलोमा वर्षैपिच्छे छठ पर्वसमेत मनाइन्छ।

त्यहाँबाट म घडीअर्वा पोखरीतिर रवाना भएँ। प्रवेश शुल्क तिरेर पोखरीभित्र प्रवेश गरेँ। काठमाडौँको रानीपोखरीजस्तै देखिने घडीअर्वा पोखरी अति नै सुन्दर रहेछ। रानीपोखरीको जस्तै पोखरीको बीचमा मन्दिर छ। यो पोखरी कसैको स्मृतिको लागि नभई पर्यटकका लागि निर्माण गरिएको घडीअर्वा पोखरी समितिका इन्चार्ज लखनलाल गुप्ताले बताए। उनले पोखरीमा भारतको बिहार तथा वीरगञ्जमै निर्माण हुने भोजपुरी फिल्मको प्रशस्तै सुटिङ हुने गरेको समेत बताए।

पोखरी घुम्ने क्रममा त्यहाँ प्रशस्तै युगल जोडी भेटिए। उनीहरूको हाउभाउ हेर्दा पोखरीको नाम घडीअर्वा नभई 'इश्क पोखरी' हुनुपर्ने जस्तो लाग्छ। पारिवारिक घुमघाम गर्न आएका कर्ण कुमारले पहिले यहाँ यस्ता युवा जोडी नदेखेको बताए। कुममा कुम मिलाएर बसेका एक जोडीसँग प्रतिक्रिया लिन खोजियो। उनीहरूले असहज मान्दै केही बोलेनन्। प्रत्येक १० मिटरको दूरीमा एक जोडी बसेको थियो। समितिका इन्चार्ज गुप्ताका अनुसार पोखरी प्रत्येक बिहान ४ बजेदेखि बेलुकाको ८ बजेसम्म खुल्ला हुन्छ। दैनिक सयौँ जोडीहरू आउने यस पोखरीमा कुनै जोडी बिहानदेखि बेलुकासम्मै बस्ने गरेको उनले बताए। 'बेलुका हुनुपर्छ, यहाँ कस्ता कस्ता दृष्य हेर्न पाइन्छन्,' गुप्ताले भने, 'हामीलाई लाज लाग्छ, तर उनीहरू लजाउँदैनन्।' नलेखेटेसम्म कतिपय जोडी जानै नमान्ने उनले बताए। बेलुका सिटी बजाउँदै सबै जोडीलाई बाहिर निक्लन आदेश दिने गरेको उनले बताए।

Admin
September 6, 2012
कपिलदेव खनाल
२१ भदौ, नुवाकोट । परीक्षामा अनुर्तिण भएपछि आत्महत्या गर्ने विद्यार्थीको संख्या बढेकोछ । नुवाकोटमा एसएलसीको पुरक परीक्षा दिएकी बेल्कोट गाउँ विकास समिति वडा नं. १ का १८ वर्षकी गोमा पाण्डेले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
यस्तै श्रीमतीसँग झगडा परेर बेल्कोटकै वडा नम्बर दुईका ४० बर्षका साइला विश्वकर्मालेले पनि विष पिएर आत्महत्या गरेका छन् । श्रीमान् श्रीमतीको सामान्य घर झगडा पछि विकले खेतबारीमा प्रयोग गर्ने बिष सेवन गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ इनारपाटीकी १८ वर्षकी बिनीकुमारी कुमालले पनि घरमै झुण्डिएर आत्महत्या गरेकी छन् । तीनवटै मृत्युका घटनाबारे अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले बताउनुभएको छ ।

Admin
September 6, 2012
child.jpg


बढ्दो गर्मीमा जस्ताको छानोको तापले आकुलव्याकुल भई कक्षाकोठामा निदाइरहेका इटहरीका साना विद्यार्थीहरु ।

Admin
August 20, 2012
baby.jpg

भारतको विहारमा शरीर बाहिर मुटु भएको एक बच्चा जन्मिएको छ । विहारको सीवान जिल्लाको नारायणपुर गाउँमा उक्त
बच्चाको जन्म भएको हो । भारतको स्वतन्त्रता दिवस अर्थात् अगस्ट १५ तारिखको दिन स्थानीय रिना देवी
र राघो भगत सन्तानको रुपमा उक्त बच्चाको जन्म भएको हो ।
पटनाको रेनबो अस्पतालका डाक्टरले उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको बताएका छन् । उक्त बच्चालाई अप्रेशन गरेर बचाउने कोशिस गरिएको बताइएको छ ।
डाक्टरहरुले बच्चामा त्यस्तो समस्या कुपोषण, वंशाणुगत रोग र फोलिक एसिडको कमीबाट हुने जनाएका छन् । तथापी उक्त किसिमको रोगको यकिन तथ्य भने पत्ता नलागेको बताइएको छ ।

Admin
August 17, 2012
bihe.jpg


यता मोबाइलबाट बिहे भयो, उता मोबाइल घन्टीले ज्यान लियो

काठमान्डौ, ६ वैशाख । ‘चार महिना फोनमा गफ भएपछि ५ फागुनमा दोलालघाटमा भेट भयो,’ सागाचोक, सिन्धुपाल्चोककी ४० वर्षीया विमला पराजुलीले भनिन्, ‘विवाह गर्ने निर्णयपछि भेट गर्दा एकअर्कालाई हेरेर दुवै अचम्ममा पर्यौ ।’
छोरीको भन्दा एक वर्ष कान्छो १७ वर्षीय रवीन विकसँग पराजुलीले दोस्रो विवाह गरेकी छन् । पाँच सन्तानकी आमा पराजुलीकी जेठी छोरी १८ वर्षकी छन् र स्थानीय विद्यालयमा कक्षा १२ मा अध्यनरत छिन् ।
वैदेशिक रोजगारीका सिलसिलामा पति विदेश गएपछि पराजुलीले दोस्रो विवाह गरेका हुन् । उनले आफू विवाहबाट खुसी भएको बताएकी छन् । उनले भनिन्, ‘पतिले बेवास्ता गरेकाले दोस्रो विवाह रोजे ।’
फुल्पिङडाँडा–१ का विकले भने, ‘मंसिरको पहिलो साता मोबाइलमा मिसकल आयो,’ नयाँ नम्बरबाट आएको मिसकल फर्काउँदा केटीको स्वर आएपछि मख्ख परेँ ।’
चार महिनासम्म फोनमा गफ भएपछि उनीहरू विवाह गर्न तयार भएका हुन् । ‘सुरुमा विवाह भएको छैन भनिन्,’ विकले भने, ‘अविवाहित भनेपछि फोनमा गफ लम्बिन थाल्यो ।’ फागुनमा विमलाले आफ्नो विवाह भएको बताएपछि विकले फरक नपर्ने बताए र विवाहका गर्ने निर्णय बदलेनन् । ५ फागुनमा दोलालघाटमा भेटेपछि उनीहरूले ६ फागुनमा काठमाडौंमा आएर विवाह गरेका थिए ।
पराजुलीका पति विदेशबाट फर्केपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी गरेका थिए । उनैको उजुरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । विवाहबाट दुवैजना खुसी भएपछि पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएको छ । पराजुलीले भनिन्, ‘मिसकलले जुराएको पतिसँग कुनै गुनासो छैन । विवाहबाट निकै खुसी छु ।’
यता बागलुङमा भने पतिका अगाडि अरू पुरुषसग मोबाइलमा कुरा गरेकै कारण रायडाडा–७ की पवित्रा सापकोटाले ज्यान गुमाउनुपरेको छ । २ वैशाखमा माइती अमलाचँरबाट घर फर्कने क्रममा सापकोटाको मोबाइलमा आएको फोनका कारण ज्यान गएको प्रहरीले बताएको छ ।
सापकोटा झुन्डिएको अवस्थामा मृत फेला परेपछि माइतीले पति श्यामले मारेर झुन्ड्याएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । ‘हत्या वा आत्महत्याबारेमा खुलेको छैन,’ असई शैलेन्द्र खड्काले भने, ‘मृत्युको कारण परपुरुषसग मोबाइल संवाद भएको खुलेको छ ।’

फोन आएपछि पतिले कस्को भनेर सोद्धा पवित्राले फुपूको छोरा भनेको र कुरा गर्न नदिएको पाइएको छ । त्यसपछि श्यामले पत्नीलाई बाटोमै कुटपिट गरेका थिए भने साझ घरमा त्यही नम्बरमा डायल गरेर आमालाई कुरा गर्न दिएपछि पवित्रा घरबाट निक्लिएकी थिइन् । उनको शव आइतबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

पोस्टमार्टममा झुन्डिएर आत्महत्या गरेको प्रतिवेदन आएको प्रहरीले जनाएको छ । तर, महिला अधिकारकर्मीले पतिको दुव्र्यवहारले अप्रिय निर्णय लिन उत्प्रेरित गरेको भन्दै कारबाहीको माग गरेका छन् । पवित्राका पति एक महिनाअघि मात्र भारत पन्जाबबाट घर आएका थिए । उनीहरूका एक छोरी र एक छोरा छन् । स्रोत : सौर्य दैनिक

Admin
August 17, 2012
love-sucide.jpg


प्रेमलाई मानिसको जीउने आधार पनि भन्ने गरिन्छ । हो यही भनाईलाई चरितार्थ गरिदिएका छन् एक १९ वर्षे युवकले । भारतको मध्यप्रदेशको जबलपुरमा बस्ने १९ वर्षका दिलीप दासले आफ्नो प्रेमिकाको बिछोडमा बाच्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।
दिलीपले गलामा पासो लगाएर घर अगाडीको इमलीको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या पत्र पनि लेखेर छाडेका छन् । उक्त पत्रमा उनले लेखेका छन्, 'रोशनी तिमी छैनौ भने म पनि बाच्दिन । मेरो साथी बन्टी मलाई कसैसँग केही गुनासो छैन् । मात्र मेरो एउटा काम गर्दै की मेरो शरिरलाई पनि त्यही गाडिदिनु जहाँ मेरी प्रेमिकाको शरिरलाई गाडिएको छ ।' यस्तै उनले आफ्नी प्रेमिकाले पनि केही दिन पहिले आत्महत्या गरको उल्लेख गरेका छन् ।
यो आत्महत्याको जानकारी पाएपछी प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले दिलिपको लाश झारेर पोष्टमार्टमका लागी पठाएको छ भने थप जाँचबुझ गरिरहेको बताइएको छ ।

Admin
August 17, 2012
sex-story.jpg


पुरुषको यौनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्छ र सेलाउँछ तर महिलाचाहिँ तातेको ताप्केजस्तै बिस्तारै उत्तेजित हुन्छन् ।
बीस वर्षीया नवविवाहिता सुहागरातको मीठो कल्पनामा हराइरहेकी थिइन् । तर, त्यो रात उनका लागि ‘जीवनकै ठूलो कालरात्रि’ बनेर प्रवेश गर्‍यो । नवदुलाहा
श्रीमान्ले सहवासपूर्वको क्रीडा (फोर प्ले) अगाडि नै सीधै मुखमैथुन गर्न कर गरे । सहज मैथुनका लागि उनी तयार थिइन् तर मुखमैथुनका लागि किमार्थ होइन । आफ्नो इच्छाअनुरूप नभएपछि दुवैजना रातैभरि कोल्टे फर्केर सुते र बोलेनन् । भोलिपल्ट नवविवाहिता श्रीमती माइत हिँडिन् ।
ती बीस वर्षीया नवविवाहिताले सुहागरात भाँडिएपछि यौन परामर्शदाता तथा निःसन्तानपनसँग सम्बन्धित डा. समन रुपाखेतीलाई गुहारिन् । यी परामर्शदाताले उनलाई विगतको घटना बिर्संदै श्रीमान्लाई साथीको जस्तो व्यवहार गर्न सल्लाह दिए । ‘उनी अश्लील चलचित्र (पोर्नो फिल्म) बाट प्रभावित भएका हुन सक्छन्,’ यी डाक्टरको ठहर थियो । समनले श्रीमान्सँग भेटे र यौन व्यवहारबारे छलफल गरे । र, अन्त्यमा श्रीमान्ले श्रीमतीसँग माफी मागे । २० दिनपछि माइतबाट घर फर्केकी उनी, परामर्शदाताका अनुसार अहिले दाम्पत्य सुखमा रमाइरहेकी छिन् ।
यौन समस्याकै कारण घरबार बिगे्रकाहरूका लागि अहिले थुप्रै सहयोगी सक्रिय छन् । काठमाडौंमा केही ‘हटलाइन’ सेवा उपलब्ध छन् भने केही एफएम रेडियो र टेलिभिजनले पनि फोनबाट प्रत्यक्ष यौन परामर्श सेवा दिइरहेका छन् । अहिले यौनमनोविज्ञ तथा डाक्टरहरूलाई यौनसम्बन्धी समस्या सुनाउनेहरूको संख्या बढ्दो छ । तालिमप्राप्त परामर्शदाता र डाक्टरहरू पीडितको यौन समस्या समाधान गर्न तत्पर रहन्छन् ।
यौनसम्बन्धी खुलेआम छलफल गर्न धक र डर मान्ने नेपाली समाजमा त्यससम्बन्धी परामर्श सजिलो माध्यम बन्दै छ । तीन वर्षदेखि नेपाल वान टेलिभिजनको यौन समस्याबारे छलफल गरिने दैनिक कार्यक्रम ‘रात परेपछि’मा फोनकर्ताका यौन समस्या समाधान गरिरहेका डाक्टर समन रुपाखेती फोनमा कतिले सामान्य समस्या सुनाउने गरेको त कतिले असामान्य लाग्ने खालका घटना प्रस्तुत गर्ने गरेको सुनाउँछन् । जस्तो एक युवाले केहीअघि ‘रात परेपछि’मा फोन गरेर यस्तो समस्या सुनाए, ‘मलाई एक दिन अचानक सेक्स गर्ने इच्छा भयो । तर, मेरो गर्लप|mेन्ड थिएनन् र सम्पर्कमा कुनै केटी पनि । अति नै भएपछि मैले मेरो छिमेकको १३ वषर्ीय एकजना केटालाई बोलाएँ र थोरै पैसा दिएर उससँग सम्बन्ध राखेँ । ऊ खुसी भयो र मौका मिल्यो कि मलाई ऊसँग सम्पर्क गरिहाल्ने बानी बस्यो ।’ यस्तो अनुभव सुनाउने २१ वर्षे ठिटाको प्रश्न थियो, ‘अब मैले यो बानीबाट कसरी छुटकारा पाउन सक्छु ?’ डाक्टर समनले उनलाई ‘सेक्स गर्न इच्छा पलाएपछि हस्तमैथुन गर्न’ सल्लाह दिए । तर, हस्तमैथुनबाट यौन आनन्द लिनेहरूलाई यी डाक्टरको सल्लाह छ, ‘दैनिक हस्तमैथुन गर्नुले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।’
केहीअघि २२ वर्षे नवविवाहिताले डा. समनलाई भेटेर आफ्नो समस्या राखिन् । उनका ३० वर्षे श्रीमान् प्राध्यापन गर्दारहेछन् । दुवैजना पाँच वर्ष बच्चा चाहँदैनन् । त्यसैले श्रीमान् कन्डम प्रयोग गर्छन् । तर, त्यसले असजिलो पारेको उनले श्रीमतीलाई सुनाएछन् । ‘असजिलो भयो भनेर कहिलेकाहीँ त कन्डम नै लगाउनुहुन्न,’ फोनकर्ताले सुनाइन् । समस्या सुनेपछि समनले राय दिए, ‘बजारमा अनेकथरी अस्थायी साधन छन् । महिला कन्डम, सुई, चक्की आदि । तर, ती जोखिम बाहिरचाहिँ छैनन् । योनिभित्र एक थोपा मात्रै शुक्रकीट खसे पनि गर्भ रहन सक्छ । विर्य योनिबाहिर निकाल्ने -विथड्रल विधि) अपनाए झनै राम्रो । कुन विधि अपनाउने हो तपाईंहरूकै हातमा छ,’ डा. समन भन्छन्, ‘पढेलेखेका, विज्ञ वा आपसमा छलफल गर्न धक मान्ने पति-पत्नीहरू पनि मलाई समस्या सुनाउँछन् । म उनीहरूसँग छलफल गर्छु र त्यही क्रममा समाधान निस्कन्छ ।’
केही वर्ष माता मनकामना आरोग्य केन्द्र, पुतलीसडकमा यौनरोगसम्बन्धी काम गरेका डा. समन रुपाखेती अहिले सतुंगल ड्रग सेन्टर, सतुंगल र नवीन फर्मा कीर्तिपुरमा निःसन्तानपन र यौनरोगको उपचार गर्छन् । आफूसँग यौन परामर्शका लागि आउनेलाई उनी प्रत्यक्ष परामर्श सेवा पनि दिन्छन् । समनले भेटेरै वा टेलिभिजनको कार्यक्रममा सयौँलाई परामर्श दिइसकेको बताउँछन् । उनीसँग परामर्श लिन दैनिक १२-१५ जनाले उनलाई भेटेकै हुन्छन् । टेलिभिजनमा, पर्सनल फोनमा वा हस्पिटलमा परामर्श दिने उनी फोनकर्ताको नाम, ठेगाना पूर्णरूपमा गोप्य राख्छन् । त्यसैले परामर्शदातालाई गरिएका हरेक फोन गोप्य रहने बताउँछन् उनी । ‘म सकेसम्म टेलिभिजनको कार्यक्रममा फोनमा समस्या राख्नेलाई भेट्न चाहन्न । तर, समस्या निकै गम्भीर रहेछ भने मात्रै भेट्छु ।’ भेटेरै परामर्श लिन आउने बिरामी सुरुमा आफूलाई यौन समस्या सुनाउन निकै हिचकिचाउने, डराउने वा अनुहार रातो बनाएर धक मान्ने गरेको उनी सुनाउँछन् । त्यस्तालाई सुरुमा काउन्सिलिङ गर्दै गएपछि विस्तारै खुल्दै आउने गरेको उनको अनुभव छ ।
डा. समन रातमा गरिने यौनसम्पर्कले बढी सन्तुष्टि दिने बताउँछन् । उनी पुरुषको याैनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्ने अनि सेलाउने र महिलाको चाहिँ तातेको ताप्केजस्तै विस्तारै आउने बताउँछन् ।
निःसन्तानपनका समेत विज्ञ डाक्टर समनलाई बिरामीहरू निःसन्तानपन र शीघ्र स्खलनको समस्या लिएर भेट्न आउँछन् । मानिस शीघ्र स्खलन, यौन उत्तेजनामा कमी, महिलाको यौनांगको आकार खुकुलो -ठूलो, सानो, लामो), लिंगको छाला च्यात्तिएको, गर्भावस्थामा यौनसम्पर्कले गर्भ तुहिएको, विवाहपूर्व र विवाहपछि यौनसम्पर्क, लिंग र वक्षस्थलका आकार, गर्भाधान आदिबारे बढी जिज्ञासा लिएर आउने गरेको उनी सुनाउँछन् । उनी आफूले सुन्दा पनि जिब्रो टोक्नुपर्ने खालको समस्या पनि सामना गर्ने गरेको सुनाउँछन्, ‘समलिंगी, पशुकरणी, हाडनाता करणी, सामूहिक यौन र बहुपुरुष/महिलासँग यौन सम्बन्धजस्ता समस्या पनि आउँछन् ।’ ‘रात परेपछि’मा बालकदेखि वृद्धसम्मले सम्पर्क गर्छन् । जस्तो एक जना १३ वर्षेले आफ्नो जनेन्दि्रयबारे सोधेका थिए भने ५२ वर्षेले यौनइच्छा घट्दै गएकोमा खुवै दुःखमनाउ गरेका थिए ।
यौनसम्बन्धी धेरैजसो मानिसमा चेतनाको कमी र लापरबाहीले मुख्य भूमिका खेल्ने गरेको उनी बताउँछन् । एक ३५ वर्षे विवाहित व्यापारी यस्तै अज्ञानताको सिकार भएका थिए । श्रीमतीसँग मात्रै यौनसम्पर्क गर्ने गरेका उनलाई कम्मर दुख्दैमा, पिसाब पोल्दैमा साथीहरूले एचआइभी भयो भनिदिएछन् । यसले उनलाई दिनुसम्म तनाव दियो । उनले डा. समनलाई भेटेर सीधै ‘डाक्टरसाब मलाई एचआइभी भयो’ भने । उनले रगत जाँच गरे र रिपोर्टमा ‘नेगेटिभ’ देखियो । तर, पनि उनको शंका हटेन । उनले आत्महत्या गर्नेसम्मको सोच बनाए । समनले थुप्रैपटक काउन्सिलिङ गर्नुपर्‍यो । २ वर्षसम्म ‘एन्टिडिप्रेसन टि्रटमेन्ट’ गरेपछि मात्र उनी सामान्य भए ।
त्यस्तै एक २३ वर्षे अविवाहित विद्यार्थी साथीहरूको लहैलहैमा यौन व्यवसायी महिलासँग असुरक्षित यौनसम्पर्कमा होमिए । अनि आफूलाई एड्स लागेको शंकामा दिनरात आँसुमा डुब्न थाले । चुरोट र रक्सीको लत सुरु गरे । पढाइमा ध्यान दिन छोडे । घरमा विवाहको कुरा आउँदा पनि टाढा-टाढा भाग्न थाले । उनले ‘रात परेपछि’मा फोन गरेर डा. समनसँग आफ्नो समस्या राखे । उनको सल्लाहमा एचआइभी परीक्षण गर्दा ‘नेगेटिभ’ देखियो । उनले पछि विवाह गरे र आफ्नो पढाइ पनि सुचारु अघि बढाइरहेका छन् ।
‘रात परेपछि’मा एक १७ वर्षे आफ्नो लिंग सँगै पढ्ने साथीको भन्दा सानो भएको बताउँदै त्यसमा हस्तमैथुनले केही रोल खेल्छ कि खेल्दैन र यौन सन्तुष्टिमा ठूलो लिंगको के भूमिका हुन्छ भनेर सोध्दैथे । डा. समनको सल्लाह थियो, ‘सबैको यौनांग उस्तै र उत्रै हुनुपर्छ भन्ने हुन्न । ठूलो लिंग हुँदैमा सन्तुष्टि हुन्छ भन्नु भ्रममात्रै हो । यसमा कुनै सत्यता छैन ।’ केही युवती आफ्नो स्तन साथीको भन्दा सानो भएकोमा चिन्ता लिने गरेको र आफूसँग स्तन ठूलो बनाउने उपाय बताइदिनुपर्‍यो भन्दै आउने गरेको उनी बताउँछन् । केही युवती स्तन ठूलो हुँदा पनि पीर मान्ने गरेको र सानो बनाउने उपायको खोजी गर्दै आउने गरेको उनको अनुभव छ । केटीहरू पनि हस्तमैथुनको समस्या सुनाउन आउँछन् उनलाई । उनीहरू प्रायः बजारमा पाइने सस्ता सेक्स टोय र मसाज गर्छन् र यदाकदा औंला प्रयोग गर्छन् । अनि योनि कालो देखिएपछि आत्तिएर डाक्टर वा परामर्शदाताकहाँ पुग्छन् ।
‘मेरोमा आइपुगेका यौन समस्यालाई अध्ययन गर्दा धेरैजसो महिलाले विवाहपूर्व यौन सम्बन्ध राखेको पाइयो । उनीहरू सुरक्षित यौनबारे बुझ्न चाहन्थे,’ उनी भन्छन् । पछिल्लो समय परामर्श लिनेको संख्यामा वृद्धि भएको उनी बताउँछन् । उनीसँग परामर्श लिन कहिलेकाहीँ नेपालमै बसेर काम गरिरहेका विदेशी र उच्चपदस्थ व्यक्तिहरू पनि आउँछन् । उनको अनुभवमा महिलाहरू विशेषतः वक्षस्थलको बनावटलाई लिएर चिन्तित हुन्छन् र पुरुषहरू लिंग उत्तेजित नहुने कुरामा आत्तिने गर्छन् । पुरुषहरू महिलालाई उत्तेजित बनाउन के गर्नुपर्छ भनेर सोध्छन् । ‘महिला कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्शले बढी उत्तेजित हुन्छन्,’ उनी भन्छन् ।
टेलिभिजनमा कहिलेकाहीँ परामर्शदाता र प्रस्तोताले ‘ब्लफ कल’को समेत सामना गर्नुपर्छ, जसमा फोनकर्ताले अश्लील कुरा गर्न थाल्छन् । यौनसम्बन्धी जटिल समस्या सम्हाल्न पोख्त भइसकेका प्रस्तोता र डाक्टर यस्ता ‘ब्लफ कल’को उचित व्यवस्थापन गर्न पनि पारंगत भइसकेका छन् ।
डा. समन यौन परामर्श सुविधालाई अझ व्यापक बनाउनुपर्ने बताउँछन् । ‘बन्द समाजको कारण हामीकहाँ पनि यौन विकृति झांगिन थालेका छन्,’ उनी भन्छन्, ‘बजारमा छ्याप्छ्याप्ती पाइने अश्लील फिल्म र किताबबाट धेरै युवा कुमार्गतिर पनि लागेका छन् । किशोर/किशोरीलाई यौनबारे जति जिज्ञासा बढेको छ त्यसभन्दा भ्रम धेरै छ ।’

यौनसम्बन्धी केही भ्रम
कुमारी केटीसँगको संसर्गले पुरुषलाई लागेको असाध्य रोग पनि निको हुन्छ ।
दैनिक हस्तमैथुनले लिंग सानो बनाउँछ ।
विशेष खाना र अभ्यासले लिंगको आकार वृद्धि हुन सहयोग पुग्छ ।
पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी)ले पुरुषलाई नपुंसक बनाउँछ ।
महिलाको तुलनामा पुरुषको यौनशक्ति बढी हुन्छ ।
रजोनोवृत्तिपछि महिलाको यौनजीवन समाप्त हुन्छ ।
पहिलो यौनसम्पर्कमा महिलाको योनिबाट रगत अनिवार्य निस्कनुपर्छ ।
रजस्वला भएको समयमा यौनसम्पर्क राख्नु असुरक्षित र अव्यावहारिक हुन्छ ।
पहिलोपटकको यौनसम्पर्कले महिला गर्भवती हुँदैनन् ।
स्तनपान गराउँदै गरेकी महिला गर्भवती हुन्नन् ।
यौनसम्पर्कको वेला योनिबाहिर विर्य निकाल्दा महिला गर्भवती हुन्नन् ।
निद्राको समयमा चरमोत्कर्षमा पुग्नु वा स्वप्नदोष हुनु समस्या हो ।
ठूलो लिंग भएका पुरुषबाट महिला बढी सन्तुष्ट हुन्छन् ।

सफल यौनजीवनका केही टिप्स
यौनसम्पर्कका लागि शारीरिक तथा मानसिक रूपमा तयार रहनुहोस् ।
यौनसम्पर्कको वेला कोठालाई न्यानो बनाउनुहोस् ।
यदि तपाईंको महिलासाथीलाई टाउको दुखेको छ भने उसलाई यौनसम्पर्कको माध्यमबाट चरमोत्कर्षमा पुर्‍याउनुहोस् जसले टाउको दुखाइ निको हुनेछ ।
कन्डम तथा अस्थायी साधनको प्रयोग गर्नुहोस् ।
व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् ।
हतारमा सम्पर्क नराख्नुहोस् । यौनसम्पर्कअघि फोर प्ले विधि अपनाउनुहोस् । महिलाको कानको लोती, घाँटीपछाडिको छाला, ओठ, आँखा, स्तन, नाइटो, पेट, तिघ्राको मासु, यौनांगको स्पर्श गर्नुस् जसले महिला उत्तेजित हुन्छन् र चरोमत्कर्षमा पुग्छन् ।
यौनसम्पर्कमा विभिन्न आसनको प्रयोग गर्नुहोस् ।
हप्ताको तीनपटक सम्पर्क राख्ने गर्नुहोस् ।
दैनिक हस्तमैथुन गर्नाले कालान्तरमा हानि गर्छ । तर, इच्छा लागेमा सातामा ३/४ पटक गर्दा राम्रो ।

नोट पढी सके पछी अरु पाठक माझ पुराउन को लागि SHARE गरि दिनु हुन् अनुरोध गर्दछु

Admin
August 14, 2012
girl_trafficking.jpg


३० साउन, एजेन्सी । चीनकी एक आमाले आफ्नो १२ वर्षे छोरीलाई मानसिक सन्तुलन बिग्रिएको केटासँग बिवाह गर्नका लागि बेचिदिएकी छिन् । काई नामकी ती आमाले १२ वर्षकी छोरी जियालाई करिब ५ सय ५१ अमेरिकी डलरमा मानसिक सन्तुलन बिग्रेको केटासँग बिवाह गर्नको लागी बेचिदिएकी हुन् ।
गत अगस्तमा बेचिएकी जियामाथी ३० वर्षका मानसिक सन्तुलन बिग्रेका केटाले करिव १ वर्षसम्म बलात्कार गरेका थिए । जीयालाई उनका काकाले करिब १ वर्षपछी उक्त केटाको चंगुलबाट छुटाएका थिए ।
जीयाकी आमाले उनलाई १५ वर्षको उमेरमा जन्माए पनि जीयाको लालनपालन भने उनका काकाले गर्दै आएका थिए । जीयालाई काकासँग एउटा रेष्टुरेन्टमा काम लगाइदिन्छु भनेर लगेकी जीयाकी आमाले उनलाई ३ हजार ५ सय युआनको लोभमा बेचिदिएकी थिइन् ।
यो थाहा पाएपछी उनका काकाले आफ्नो परिवार र आफन्तलाई बोलाए र जीयाको हजुरबुबा बिरामी भएको र उनले जीयालाई खोजिरहेको बताउँदै घर ल्याएका थिए । पछी केटाका परिवार जीयालाई लिन काकाको घरमा आएका थिए तर काकाले जियालाई नपठाउने बताएपछी जीयालाई जबरजस्ती लैजान खोज्दा काकाले प्रहरीलाई खबर गरेका थिए ।
तत्काल आईपुगेको प्रहरीले केटा, केटाका बाबुलाई पक्राउ गरेको थियो भने जीयाको आमालाई पनि पक्राउ गरिएको थियो । प्रहरीमा दिएको बयानमा केटाका बाबुले आफूलाई यस्तो विषय कानून विरूद्ध भएको थाहा नभएको र आफूलाई छोराको लागी श्रीमती चाहिएकाले मात्र यस्तो काम गरेको बताएका छन् ।