Admin
August 17, 2012
obama.jpg


१ भदौ,एजेन्सी । अमेरिकामा आउँदो राष्ट्रपति निर्वाचनको प्रचारमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कुकुरलाई सासु भन्दा चमत्कारिक रहेको बताएका छन। चुनाव प्रचारका लागि डेभेवपोर्ट लोवामा बोल्दै भने-मेरो घरमा म,मिशेल, छोरीहरु, सासु र कुकुर छौ। तर कुकुर मेरो सासु भन्दा ज्यादा चमत्कारिक छ। यति भन्ने वितिकै ओबामाले आफूले गरेको गल्ति थाहा पाए र फेरी भने वास्तवमा मेरो सासु कुकुर बो भन्दा अगाडी आउँछिन्।
निकै कुशल वक्ता रहेका ओबामाको जिब्रोको चिप्लाई धेरैचोटी भने देख्न पाइदैन्। तर बो नाम गरेको कुकुर साच्चिनै ओवामा परिवार लोकप्रिय छ र परिवारका सदस्य फुर्सद मिल्ने बितिकै यसकै वरिपरि झुम्मिन्छन् ।