Admin
December 29, 2012
भारतको दिल्लीमा सार्वजनिक यातायातमा सामुहिक बलात्कार र कुटपीटका कारण गम्भीर घाईते भएकी युवतीको ज्यान गएको छ ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी ती २३ वर्षीया युवतीको शनिवार विहान 4:30 बजेतिर ज्यान गएको हो । उनको दिल्लीको अस्पतालमा तीन पल्ट अपरेशन भए पनि अवस्था नसुध्रिएपछि बिहिबार सिंगापुर लगिएको थियो ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालका प्रमुख कार्यकारी केल्भिन लोहले वक्तव्य निकाली शरीर र दिमागमा गम्भीर चोट लागेकाले अस्पतालमा भर्ना भएदेखि नै युवतीको अवस्था अत्यन्त जटिल रहेको र उनका धेरै अंगले काम गर्न छोडेपछि उनको ज्यान गएको बताउनुभएको छ ।

मान्उन्ट एलिजाबेथ अस्पतालमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । तर मुटुमा समस्या देखिएको, फोक्सो र पेटमा संक्रमण देखिएको र दिमागमा चोट लागेका कारण दुई दिन सम्म युवतीको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकहरुले बताएका थिए ।

डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार र कुटपीट भएको थियो ।







Admin
September 23, 2012
onlinekhabar
murder.png


७ असोज, रुकुम । रुकुमको रुकुमकोट गाविस वडा नम्बर १ रानीकोटमा वेदप्रसाद पुनले बाँदर भनेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्ती पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ । घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए ।
उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो । वेदप्रकाशलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना शनिबार बिहान भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र घटनाको बारेमा जानकारी पाएको प्रहरीले जनाएको छ ।

Admin
September 20, 2012
ex-king at pokhara .jpg

पोखराको फिस्टेल लजमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह। तस्बिर : मनोज अधिकारी


समुन्द्र पौडेल/मनोज अधिकारी, तनहुँ/पोखरा, असोज ४- पूर्वराजा ज्ञानेन्द्र शाह साता लामो धार्मिक भ्रमणका लागि पोखरा आइपुगेका छन्। पृथ्वीराजमार्ग हुँदै निजी मोटरमा आएका उनी बैदामस्थित फेवाताल पारीको फिस्टेल लजमा बसेका छन्। उनी आउँदा सयौं पोखरेलीले झरीको वास्ता नगरी सडकमा लामबद्व भएर स्वागत गरेका थिए। त्यस क्रममा उनीहरुले पूर्वराजाको पक्षमा नाराबाजीसमेत गरे। दिनभरको टन्टलापूर घाम ज्ञानेन्द्र आइपुग्ने बेला मुसलधारे वर्षामा परिणत भइसकेको थियो।
शाहले आफ्नो प्रतिक्षामा घन्टौंदेखि मुस्ताङ चोकमा कुरेर बसेका नगरबासीलाई गाडीबाट ओर्लेर पैदल यात्रामै साथ दिए। उनले करिब एक किलोमिटर दूरीको फिस्टेल लजसम्म झण्डै एक घण्टा हिँडेरै यात्रा तय गरे। ज्ञानेन्द्र फेवातालमा फेरि चढेर उनी फिस्टेल लज पुगेपछि उनका समर्थकहरु फर्किएका थिए।
पूर्वराजालाई लेखनाथको राधाकृष्ण मन्दिरमा भेला भएका सयौं पोखरेली युवाहरुले मोटरसाइकलबाट स्कर्टिङ गर्दै पोखरासम्म लाइएका थिए। स्वागत समिति अन्तर्गतको प्रचार उपसमितिका संयोजक अर्जुन बस्नेतले पूर्वराजालाई पाँच सयभन्दा बढी मोटरसाइकलले स्कर्टिङ गरेका थिए। नगरबासीले पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरेका थिए।
सत्तारुढ एनेकपा माओवादी कास्कीले धार्मिक भ्रमणका नाममा राजनीति गर्न खोजेको भन्दै शाहको भ्रमण बिथोल्ने चेतावनी दिए पनि कतै अवरोध पुर्‍याएन। पूर्वराजा शाहले शुक्रबारबाट एक सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँका विभिन्न मठमन्दिर पुगेर देवीदेवताको दर्शन गर्ने कार्यक्रम छ।

ex-king at pokhara 2.jpg

पूर्वराजाको र उनको टोलीका लागि फेवाताल पारीको फिस्टेल लजका अति विशिष्ट ७ कोठा ५ दिनका लागि बुकिङ भएका छन्। जयन्ती ट्रष्टअन्तर्गत सञ्चालित उक्त होटललाई त्यसका लागि ५ लाख रुपैयाँ अग्रिम भुक्तानी भइसकेको होटल स्रोतले जानकारी दिएको छ। उक्त होटलमा एक कोठाको प्रतिरात १८० देखि २ सय डलर मूल्य पर्छ।
'५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ७ कोठा ५ दिनका लागि बुकिङ भएको छ' होटलका एक अधिकारीले भने।

पूर्वराजालाई राजमार्गमा स्वागतको ओइरो

ex-king at damauli.jpg

गण्डकी र धवलागिरी अञ्चलका विभिन्न धार्मिक स्थलको एक साता लामो भ्रमणका लागि बिहीबार काठमाडौंबाट गाडीमा पोखरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई पृथ्वी राजमार्गका मुख्य-मुख्य स्थानमा समर्थकले स्वागत गरे। शाहले धादिङको मलेखुस्थित भद्रकाली मन्दिरमा पूजाआजासमेत गरे। उनको स्वागतका लागि बिहीबार बिहानैदेखि भद्रकाली मन्दिर आसपासमा बसेका समर्थकले उनलाई फूलमालाले स्वागत गरे। 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ' भन्दै उनीहरुले राजाको जयजयकार गर्दै नारावाजीसमेत गरे।
चितवनको कुरिनटारस्थित रिभर साइड रिर्सोटमा खाना खाएर पोखरातर्फ लागेका पूर्व राजा ज्ञानेन्द्रको टोलीलाई चितवनको मुग्लिन, तनहुँको आबुँखैरेनी, दमौली बजारमा समर्थकले जयजयकार गर्दै फूलमालाले स्वागत गरे। उनको सुरक्षार्थ सादा पोसाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

करिब आधा दर्जन चिल्ला गाडीसहित सयभन्दा बढी मोटरसाइकलको स्कटिङमा आएका पूर्व राजा धादिङको मलेखु र तनहुँको दमौलीमा गाडीबाटै झरेर समर्थकबाट फूलमाला ग्रहण गरेका थिए। राजावादीको जयजयकारसँगै केहीबेर दमौली बजारमा पैदल हिँडेका शाहले ८ गते दमौली आउने भन्दै गाडी चढेर गएका थिए। उनको स्वागतका लागि वृद्धदेखि च्चा बोकेका महिलासमेत स्वागतका लागि फूलमाला लिएर सहभागी भएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा जाने क्रममा दमौली बजारमा नागरिककर्मी समुन्द्र पौडेलले खिचेका तस्बिर :
ex-king at damauli 2.jpg ex-king at damauli 3.jpg ex-king at damauli 4.jpg

सुमनबाबु भण्डारीको फेसबुकबाट लिइएएको भिडियो हेर्नुस् :

Admin
September 6, 2012

TribhuvanAirport_1433049c.jpg

सुरेन्द्र पौडेल, काठमाडौं, भदौ २१- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा सक्कली कागजात (भिसा सहितको राहदानी) देखाउँदा अध्यायगमनका कर्मचारीले अनेक प्रश्न गर्छन्। तपाईको सक्कली कागजात माथि शंका गरिन्छ, अनि कागजातको जाँच हुन्छ। अझ रोजगारीका लागि खाडी राष्ट्र जाँदै हुनुहुन्छ भने त उनीहरुको व्यवहारले तपाईलाई लाग्नसक्छ 'कतै अपराध गरेर भाग्न लागि रहेको त छैन'।
तर, तपाई तस्करहरुको सहयोगमा अवैधानिक तरिकाले (बिना भिसा) वा नक्कली कागजातको सहारामा बिदेश जाँदै हुनुहुन्छ भने ढुक्क हुनोस् तपाई सहजै विमान भित्र पुग्नु हुनेछ। तपाईसँग अध्यायगमनका कर्मचारीले कुनै पट्यारलाग्दो प्रश्न गर्ने छैनन्। तपाईको नक्कली कागजात जाँच हुने छैन। तपाइमाथि शंकाको दृष्टिले हेरिने पनि छैन। बरु तपाईले देश छोडेको सूचना टिआईस्थित अध्यायगमनमा रहेका कम्प्युटरमा दाखिला नगरी अवैधानकि तरिकाले जान थप सघाउने छन्।

सुन्दा आश्चर्य लाग्छ, एकै दिन एउटै उडानमा २७/२७ जना मानिस अवैधानकि तरिकाले तस्करहरुको 'सेटिङ' मा टिआईबाट बिदेश उडेका छन्। टिआईएबाट बिदेश जाने र फर्कनेको जाँच तथा रेकर्ड राख्ने जिम्मेवारी पाई खटिएको अध्यायगमनसँग यसरी जानेको कुनै तथ्याङक छैन। अध्यायगमनका कर्मचारीले सेटिङमा जाने सबैको राहदानीमा डिपार्चर छाप लगाइदिन्छन् तर तीनको सुचना कम्प्युटरमा राख्दैन। सेटिङ्मा जानेलाई बिमानस्थल भित्र न 'गमन पत्र' भर्न नै लगाईन्छ न चेक जाँच नै गरिन्छ।
गत जेठ ३१ गते तस्करहरुको सेटिङ्मा एउटै फ्लाईटमा २७ जना कतारको दोहा पुगेका थिए। यसरी अवैधानिक रुपमा जानेहरु अधिकांस दोहाबाट अमेरिका जाने सपना सजाई ब्राजिल तर्फ मोडिए, केही युरोपतिर त कोही कतारमा नै बसे।
ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिकोहुदै अमेरिका जान हिडी ब्राजिलमा अलपत्र पर्नेमध्ये सात जना काठमाडौं फर्केपछि टिआईएमा हुने गरेको सेटिङ बाहिर आएको हो। अमेरिका छिर्ने आशमा तस्करलाई २२ लाखसम्म बुझाएका उनीहरुले टिआईए छोडेको तथ्याङ्क अध्यायगमनसँग छैन।
'हाम्रो तथ्याङ्कमा गत जेठ ३१ गते १ सय २८ जना काठमाडौंबाट दोहा उडेका छन्,' जेठ ३१ गते टिआईबाट दोहा उडेको तथ्याङ देखाउँदै कतार एयरवेज स्रोतले नागरिकसँग भन्यो, 'तर, हाम्रो विमानमा दोहा उडेका २७ जनाको सूचना अध्यायगमनले राखेको तथ्याङ्कमा भेटिदैन।' ब्राजिल पुगी अलपत्र परी भदौ १० गते काठमाडौं फर्केका सात जनाको तथ्याङ अध्यायगमनसँग छैन, जो जेठ ३१ गते नै दोहाहुँदै ब्राजिल पुगेका थिए।
जेठ ३१ गते राती ११ः३५ बजे कतार एयरवेजकको 'क्युआर ३५५' विमान कूल १ सय २८ जना यात्रु बोकी दोहा तर्फ उडेको थियो। कूल यात्रु मध्ये ७८ जना नेपाली र ५० जना बिदेशी यात्रु विमान रहेका थिए। कतार एयरवेजमा दोहा पुगेका ७८ जना नेपालीमध्ये २७ जना सेटिङमा गएका थिए, जसको राहदानीमा अध्यायगमनका कर्मचारीले डिपार्चर छाप लगाई त्यसको तथ्याङ्क राखेका थिएनन्।
सेटिङमा जेठ ३१ गते राती अमेरिका जान हिडेका तर ब्राजिलमै अलपत्र परी काठमाडौं फर्केका मध्ये पाँच जनाको जहाजको टिकट नम्बर क्रमसः १५७५०६८५९८०७५, १५७५०६८५९८०७६, १५७५०६८५९८०७७, १५७५०६८५९८०७८ र १५७५०६८५९८०८१ रहेको छ। उनीहरु पाँच जनामध्ये एक जनाको राहदानी लगाइएको डिपार्चर स्टिकरको सिरियल नम्बर ५९६९९६० रहेको छ।
फर्कनेहरुको अनुसार अध्यायगमनका दुई वटा काउन्टरबाट चेकजाँच पास भई विमानसम्म पुगेका थिए। ब्राजिलहुँदै अमेरिका जान लागेका बताएपछि अध्यायगमनका कर्मचारीले टेबुल मुनिबाट एउटा कागज झिकी त्यहाँ रहेको नाम र राहदानी उल्लेख नाम जुधाइ हेरेका थिए। नाम मिलेपछि अध्यायगमनका कर्मचारीले उनीलाई भित्र छिराएको ब्राजिल पुगेर फर्कनेले बताए।
अध्यायगमन बिभाग स्रोतका अनुसार जेठ ३१ गते सेटिङमा २७ जना टिआईएबाट दोहा जाँदा अध्यायगमनमा ११ जना वरिष्ठ अध्यायगमन सहायक त्यहाँ कार्यरत थिए। त्यतीबेला वरिष्ठ अध्यायगमन सहायकहरु कृष्णप्रसाद दाहाल, राजेन्द्र शर्मा, धर्मराज काफ्ले, गणेशप्रसाद घिमिरे, लक्ष्मण दूलाल, सूर्यकुमार पोखरेल, नवराज कोइराल, अनिल कुमार शाही, ओमप्रसाद सुवेदी, महेश पोखरेल र रामकुमार ओझाको ड्युटी रहेको स्रोतले बतायो।
सेटिङमा ब्राजिल पुगी फकर्नहरुको अनुसार उनीहरुलाई टिआईमा सघाउने दुई वटा काउन्टरमा रहेका अध्यायगमनका दुई जना कर्मचारी थिए।
विमानस्थल भित्र हुने यस्तै अवैध गतिविधि माथि निगरानी राख्न केही सिसी क्यामरा राखिएका थिए। सिसी क्यामरा सुचना दाखिला गर्ने कम्प्युटर तर्फबाट अन्यत्र मोडिए। पछि त सिसी क्यामरा जर्बजस्ती बिगारियो। बिग्रेका भनिएका सिसी क्यामरा दुई साता अघि बैदेशिक रोजगारका सम्बन्धमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दुई दिन भित्र सञ्चानलमा ल्याई निगारानी राख्न निर्देशन दिएपछि अहिले सञ्चालनमा आएका छन्।
सेटिङमा ब्राजिल जानेको दोहामा ६ घण्टा ट्रान्जिट रहेको थियो। त्यसपछि उनीहरु सेटिङमै दोहाबाट 'कतार एयरवेज - ९२१' विमानमा १४ घण्टा लामो यात्रा गरी जेठ ३२ गते ब्राजिलको साओपाओलो पुगेका थिए। काठमाडौंबाट उड्दा उनीहरुसँग खाली राहदानी र साओपाओलोसम्मको मात्र हवाई टिकट हातमा थियो।
साओपाओलो विमानस्थलमा २२ घण्टा ट्रान्जिटमा बिताएपछि असार १ गते ब्राजिलियन एजेन्टले उनीहरुलाई बोलिभियाको सान्तात्रु्कज र सान्तात्रु्कजबाट लापाजसम्मको हवाई टिकट थमाएका थिए। साओपाओलोबाट दुई घण्टामा सान्तात्रु्कज पुगी उनीहरुले बोलिभियाको भिसा लगाए लगत्तै डेढ घण्टाको हवाइ यात्रापछि उनीहरु लापाज पुगेका थिए। लापाजमा ब्राजिलको भिसा लगाएपछि उनीहरु ५१ घण्टा बस यात्र गरी साउन ७ गते पुनः साओपाओले पुगेका थिए।
साओपाओलोमा अलपत्र छोडी दलाल भागेपछि काठमाडौंमा रहेका आफन्तलाई फोन गरी हवाइ टिकटको व्वस्था मिलाई उनीहरु भदौ १० गते काठमाडौं आइपुगेका हुन्। उनीहरु काठमाडौं आइपुगेपछि अध्यायगमनका कर्मचारी नै सेटिङमा सक्रिय रहेको खुलेको हो। यसरी सेटिङमा अमेरिका जान भनि हिडेका हजारभन्दा बढि नेपालीहरु अहिले ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, बोलिभिया, चिली, कोस्टारिका लगायतका देशमा अलपत्र छन्।

source:nagarik

Admin
September 6, 2012
कपिलदेव खनाल
२१ भदौ, नुवाकोट । परीक्षामा अनुर्तिण भएपछि आत्महत्या गर्ने विद्यार्थीको संख्या बढेकोछ । नुवाकोटमा एसएलसीको पुरक परीक्षा दिएकी बेल्कोट गाउँ विकास समिति वडा नं. १ का १८ वर्षकी गोमा पाण्डेले विष सेवन गरी आत्महत्या गरेकी छन् । उनको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
यस्तै श्रीमतीसँग झगडा परेर बेल्कोटकै वडा नम्बर दुईका ४० बर्षका साइला विश्वकर्मालेले पनि विष पिएर आत्महत्या गरेका छन् । श्रीमान् श्रीमतीको सामान्य घर झगडा पछि विकले खेतबारीमा प्रयोग गर्ने बिष सेवन गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ इनारपाटीकी १८ वर्षकी बिनीकुमारी कुमालले पनि घरमै झुण्डिएर आत्महत्या गरेकी छन् । तीनवटै मृत्युका घटनाबारे अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले बताउनुभएको छ ।

Admin
September 6, 2012
२० प्रतिशत कैद र जरिवाना छुट-
काठमाडौँ, भदौ २१- सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सहसचिव आनन्दप्रसाद खनाल आज आफैं काठमाडौँ जिल्ला अदालतमा जरिवाना र बिगोबमोजिमको रकम बुझाई कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदर खोर गएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई भ्रष्टाचारी ठहर गर्दै १५ महिना कैद तथा बिगो र बिगो बराबर जरिवानाबापत रू दुई करोड ४३ लाख चार हजार असुल गर्नुपर्ने फैसला यही भदौ १२ गते सुनाएको थियो।
फैसलामा उक्त इजलासले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्तिबाट बढेबढाएको सम्पत्ति र ऋण सापटी दिएको रकमसमेत अन्य स्रोत खुलेको सम्पत्तिबाट जफत हुने ठहर गरेको थियो।
फैसला भएको नौ दिनपछि खनाल आज स्वयम् अदालतमा उपस्थित भई जरिवानाबापत नगद र बैङ्क ब्यालेन्ससमेत गरी रू ९७ लाख ३ हजार ६०० बुझाएको तहलसिलदार पुनाराम खनालले जानकारी दिए।
फैसला भएको ६० दिनभित्र आफैं अदालत उपस्थित भई आत्मसमर्पण गरे बिगोबाहेक २० प्रतिशत कैद तथा जरिवाना मिनाहा हुने कानुनी प्रावधानबमोजिम खनालले सो रकम बुझाएको हो।
फैसला हुनुभन्दा अघि पनि अनुसन्धानका लागि हिरासतमा बसेका पूर्व सहसचिव खनालले अब १० महिनामात्र कैद जीवन बिताउनुपर्ने पनि तहसिलदार खनालले जानकारी दिनुभयो।
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव खनाल, उनकी श्रीमती पद्मा र तीन छोरासमेतविरुद्ध रू तीन करोड ९७ लाख ४० हजार बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सो मुद्दामा विशेष अदालतले रू एक करोड २० लाख २३ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको दर्शाई बिगोबमोजिम जरिवाना र एक वर्ष कैदको निर्णय सुनाएको थियो।
यो फैसलाविरुद्ध दुबैतर्फबाट सर्वोच्चमा पुनरावेदन गरिएको थियो। रासस

Admin
September 6, 2012
२१ भदौ, काठमाडौं । इन्धनको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला जनाउन खोज्दा आन्दोलनरत विद्यार्थीको अनुहार जलेको छ ।
बिहीबार विहान घण्टाघर नजिकै विद्यार्थीहरुको एउटा समूह भेला भएर पुत्ला लजाउन खोजेका थिए । प्रहरीले पुत्ला खोस्ने डरले सानो घेरा बनाएर प्रधानमन्त्रीको पुत्लाकम पेट्रोल छर्कन खोज्दा सागर धितालको अनुहारमा पनि पर्‍यो तर, सलाई कोर्नेले थाहा पाएनन् । उनले पुत्तामा के आगो लगाएथिए, सागरको अनुहारमा पनि सल्किहाल्यो ।
अनुहारमा आगो लागेपछि साथीहरुले निभाउन खोजे तर, सकेनन् । दौडिएर नजिकैको फलफुल पसलमा पुगेका उनको मुखमा पसलेले पानी हाले र बल्ल आगो निभ्यो । त्यतिन्जेल उनको अनुहार डढिसकेको थियो । प्रधानमन्त्रीको पुत्ला जदाउँछु भन्दा साथीको अनुहार नै डढेपछि सहकर्मीहरूले मोटरसाइकलमा राखेर उनलाइर् तत्काल अस्पताल लगे । पुत्लामा बलेको आगोले अर्का दुई विद्यार्थीलाई पनि अलिकति भेट्टाएको छ । उनीहरूलाइआगोले घाउ नै लाग्ने गरी पोलेको भने छैन

Student-face-burn0.jpg Student-face-burn1.jpg
Student-face-burn2.jpg Student-face-burn3.jpg
Student-face-burn4.jpg Student-face-burn5.jpg
Student-face-burn7.jpg Student-face-burn8.jpg

Admin
September 6, 2012
black-white-twins-300x106[1].jpg


१९ भदौ, एजेन्सी - जुम्ल्याहा बच्चाहरुमा जिउडाल, वर्ण लगायतका अरु धेरै कुरा मिल्छन् । तर बेलायतकी एक महिलाले भने यस्ता जुम्ल्याहा छोरी पाएकी छिन् जसमध्ये एउटी बच्ची गोरी छिन् भने अर्की काली ।जुम्ल्याहामध्ये एउटीको वर्ण गोरो र अर्कीको कालो भएपछि अस्पतालका डाक्टरहरु पनि अचम्ममा परेका छन् । तर यस्ता फरकफरक जुम्ल्याहा छोरी पाएकोमा आमा पामेला फ्रेजर भने गौरवान्वित छिन् । उनी भन्छिन्, ‘धन्य मैले गोरो र कालो छुट्टाएर पाएँ, एकैठाउँ मिसाइन ।’जुम्ल्याहामध्ये क्यान्डिस एन नामकी बच्चीको छालाको रंग कालो छ, कपाल तथा आँखाको नानी कालो छ । तर अर्की बच्ची एलिसा लिलीको छाला गोरो छ, कपाल खैरो छ र आँखाको नानी पनि खैरो छ ।ती महिलाका श्रीमान ओसवाल्डका बुवाआमा र आफ्ना बुवाआमा पनि कालो तथा गोरो वर्णका भएकाले आफ्ना जुम्ल्याहा छोरी फरक फरक भएको हुनसक्ने पामेलाको अनुमान छ । ती महिलाकी आमा कालो वर्णकी तथा बाबु गोरो वर्णका रहेछन् भने पुरुषका बुवा कालो तथा आमा गोरो वर्णकी रहेछिन् ।चिकित्सकहरुका अनुसार जुम्ल्याहाको वर्ण फरकफरक हुनु निकै दुर्लभ घटना हो । दश लाखमा एक जुम्ल्याहामा यस्तो लक्षण देखिन सक्छ ।

Admin
August 21, 2012
dsp.jpg


काठमाडौं, भदौ ५ (नागरिक)- सरकारविरुद्ध आन्दोलनका क्रममा युवा संघ कार्यकर्ताले प्रहरीमाथि गरेको ज्यादतीको सोसल मिडियाबाट कडा टिप्पणी गर्ने डिएसपी दीपशमसेर राणालाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ।
दुई साताअघि संघका अध्यक्ष महेश बस्नेतले महानगरीय प्रहरी मुख्य घटना सहायता कार्यदलका एक सिपाहीमाथि जलिरहेको मसालले आक्रमण गरेको घटनाको राणाले फेसबुकबाट टिप्पणी गरेका थिए। उनले फेसबुकमा उक्त कामको आलोचना गर्दै बस्नेतलाई संरक्षण दिएको भन्दै उनको माउ पार्टी एमालेको समेत आलोचना गरेका थिए।

स्रोतका अनुसार राणाको फेसबुक स्टाटसलगत्तै एमालेका उच्च नेताले प्रहरीका माथिल्ला अधिकारीलाई राणा सरुवा गर्न दबाब दिएका थिए। बस्नेतले प्रहरीमाथि गरेको दुर्व्यवहारप्रति प्रहरीका उच्च अधिकृतसमेत असन्तुष्ट भए पनि एमाले नेताहरूको निरन्तर दबाबपछि प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले राणालाई कार्यदलबाट प्रधान कार्यालयको ट्राफिक निर्देशनालयमा सरुवा गरेका छन्। राणाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जका डिएसपी जगदीश पोखरेललाई आइतबार काजसरुवा गरी ब्युरोमा ल्याइएको छ। ब्युरोका डिएसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय, दोलखा र डिएसपी जीवन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, महाराजगन्ज लगिएको छ। दोलखाका डिएसपी उमेशराज जोशीलाई ब्युरोमा ल्याइएको छ। नियमित सरुवाको सट्टा काज सरुवा गरिनुलाई प्रहरी अधिकृतले अर्थपूर्ण रूपमा हेरेका छन्।

नागरिक

Admin
August 21, 2012
chand-pilot-php.jpg

संवाददाता - शनिबार फिलिपिन्समा भएको जहाज दुर्घटनामा हराएका नेपाली विद्यार्थी क्षितिज चन्दको मृत्यु भएको पुष्टि भएको छ ।
एसोसिएट प्रेसको अनुसार क्षितिज र फिलिपिनो पाइलटलको शव दुर्घटना परेको विमानको ककपिटमा अड्किएको अवस्थामा फेला परेको हो ।
क्षितिज चन्द फिलिपिन्समा पाइलट कोर्स गर्न गएका थिए । उनी कोपाइलटको रुपमा फिलिपिन्सका गृहमन्त्री चढेको सानो विमानमा सवार थिए । उक्त दुर्घटनामा परी हराइरहेमो फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडोको शव भने समुन्द्रमा फेला परेको छ ।
समुन्द्रको ५५ मिटर गहिराइबाट रोब्रेडोका शव झिकिएको यातायात मन्त्री मार रोक्सासले बताएका छन् । रोब्रेडो चर्चित पुरस्कार म्यागासेसेबाट सन् २००० मा सम्मानित पनि भएका थिए ।

कोपाइलट क्षितिज र पाइलटको शव ककपिटमा देखिएपनि निकाल्न भने सकिएको छैन । आज बिहान स्थानिय समयअनुसार साँढे ७ बजे दुवै शव देखिएको हो ।